© २०२३
केन्द्रीय कार्यालय बुटवलमा रहेको मिसन डेभलपमेन्ट बैङ्क लिमिटेडको १६ औं शाखा नवलपरासीको सुनवलमा उद्घाटन गरेको छ । शाखाको उद्घाट्न सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीले गरेका हुन् ।
असोज १ गतेबाट बैङ्कले सुनवलमा कारोबार शुभारम्भ गरिसकेको भएतापनि औपचारिक उद्घाटन भने बुधवार भएको हो । हाल रूपन्देही, नवलपरासी र कपिलवस्तु गरी तीन जिल्लामा आफ्नो शाखा विस्तार रहेका बैङ्कका पश्चिम नवलपरासीमा मात्रै ३ शाखा सञ्चालनमा आइसकेको र यहि असोज महिना भित्रै परासी र महेश्वपुर गरी ५ शाखा विस्तार हुने तयारीमा रहेको छ । बैङ्कको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले आफुहरू सुनवल नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा जुटेको वताउदै यस बैङ्कको विस्तारले नगरवासिको आर्थिक स्थिति समृद्ध बनाउन सहयोग पुग्ने विस्वाश व्यक्त गरे । त्यसैगरी कार्यक्रमका अध्यक्ष रहेका बैङ्कका अध्यक्ष लिलबहादुर केसीले नागरिकलाई सरल र सुलभ तरिकाले वित्तिय सेवा उपलब्ध गराउने र आर्थिक गतिविधिमार्फत उनिहरूलाई समृद्ध बनाउने निती आफुहरूले लिएको वताए ।
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले सुनवलमा आफ्नो शाखा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै वित्तिय पहँुच नभएको अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने लक्ष्य आफूहरूले लिएको वताए ।उधोग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारी, बैंकका सुनवल शाखाका शाखा प्रवन्धक कृष्ण कार्की, प्रधान कार्यालयका प्रवन्धक तथा कम्पनी सचिव विष्णु प्रसाद पोखरेल लगायतले बालेका थिए । मिशन बैङ्कले गत आर्थिक वर्षमा ४ अर्ब ३० करोड रूपैँया निक्षेप सङ्कलन गरेको त्यस्तै ३ अरब ३४ करोड रूपैयाँ कर्जा लगानी गरेको र १२ करोड ७६ लाख रूपैयाँ मुनाफा गरेको बैङ्कका बजार प्रबन्धक तथा सञ्चार बिभाग प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए । à