© २०२३
बुटवल–३ गोलपार्कमा रहेको समिट ईंगलिस बोर्डिङ्ग स्कुलका भुपु विद्यार्थीहरूको संस्था समिट एल्मोनाई एशोसियसनको आयोजनामा खुल्ला रक्तादान कार्यक्रम गरिएको छ । एशोसियसन स्थापना भएको पहिलो बर्षको अवसर पारेर विद्यालय रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक रेशम बस्यालले जानकारी दिए ।
एशोसियसनका अध्यक्ष सागर पाण्डेका अनुसार विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद श्रीवास्तव, विद्यालयका निर्देशन सल्लाहकार सुरज थापा, विद्यालयका सहायक प्राचार्य टंक प्रसाद रेग्मी, विद्यालयका सामाजिक विभाग संयोजक शिक्षक मनोज गौतम ले संयुक्त रूपमा रक्त सञ्चार सेवा केन्द्रका बुटवलका प्राविधिक वारिस खानलाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम सुभारम्भ गरेका थिए ।
रक्त रञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक वारिस खान सहितको प्राविधिक टोलीको सहयोग रहेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । रक्तदान पाल्पा भैरव सुनचाँदी पसलको मुख्य प्रयोजन रहेको थियो ।
विद्यालयका शिक्षक, पुर्व विद्यार्थी तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रक्तदान गरेको कार्यक्रम संयोजक रेशम बस्यालले जानकारी दिए । एशोसियसनले यसअघि अन्तर विद्यालय खुल्ला टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्नुको साथै प्रथम बर्ष पुगेको अवसरमा बुटवल जितगढीमा रहेका कुष्ठ प्रभावितहरूलाई खाद्यान्न समेत वितरण गरेको थियो । à