ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

‘स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन चाहन्छौं’

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

प्रविणबहादुर पाठक
अध्यक्ष, उद्योग व्यापार संघ

उद्योग व्यापार संघ बुटवलको आयोजनामा यही असोज १९ गतेदेखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुँदैछ । बुटवलमण्डपमा १० दिनसम्म चल्ने प्रदर्शनी तथा मेलाको तयारी र व्यवस्थापनका लागि संघका अध्यक्ष प्रबिण बहादुर पाठकको संयोजकत्वमा मुल आयोजक समिति र संघका पदाधिकारी सदस्यहरूको संयोजकत्वमा १६ वटा बिभिन्न उपसमिति गठन गरिएको छ । मेला तथा प्रदर्शनीस्थल बुटवलमण्डपमा स्टल, प्रबेशद्वार, मञ्च निर्माणका काम तिब्र रूपमा भइरहेका छन । मेला तथा प्रदर्शनीका लागि करिब ४ सय स्टल दर्ता भईसकेका छन् । मेला तथा प्रदर्शनीको तयारीका सम्बन्धमा संघका अध्यक्ष तथा आयोजक मुल समितिका संयोजक पाठकसँग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेपः

राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी कस्तो छ ?
प्रदर्शनी तथा मेलाको तयारी हामीले राम्रै गरेका छौं । तयारी र व्यवस्थापनका लागि मेरो संयोजकत्वमा मुल आयोजक समिति र पदाधिकारी सदस्य साथीहरूको संयोजकत्वमा १६ वटा उपसमिति बनाएका छौं । तिनै समिति मार्फत अहिले तयारीका काम भइरहेको छ । अहिले स्टल, प्रवेशद्वार र मञ्च निर्माणको ८५ प्रतिशत काम सकीसकेका छौ । केही फिनिसि· तथा साजसज्जाको काम मात्रै बाँकी छ । अहिलै त्यो काम गर्दा ठूलो पानी आई हाले बिग्रेला भनेर पुरा गरेका छैनौ । मण्डपमा सरसफाई गरीसकेका छौं । स्टल सहभागिताका लागि पत्राचार, प्रचार प्रसार गरेर सक्यौ । करिब ४ सय स्टल दर्ता भइसकेका छन् । अव नराखी नहुने खालका स्टल भए मात्रै राख्छौं । अहिले उदघाटन कार्यक्रम र मेलामा सहभागिताका लागि जनप्रतिनिधिहरू, संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कर्मचारी, उद्योगी व्यवसायी तथा समाजमा प्रतिष्ठित व्यक्तित्वहरूलाई पत्राचार गर्ने गरीरहेका छौ ।

के उद्देश्यले प्रदर्शनी तथा मेला गर्दै हुनुहुन्छ ?
उद्योगी व्यवसायीहरूको संस्थाले आयोजना गर्ने प्रदर्शनी मेलाको मुख्य उद्देश्य औद्योगिक व्यवसायीक वातावरण बनाउने, यस क्षेत्रमा लगानी बढाउने, बाहिरबाट लगानी भित्र्याउने, उद्योग व्यवसायको बिशिष्टिकरण गर्ने, नयाँ उत्पादन वा औद्योगिक उत्पादनका सम्वन्धमा उपभोक्तालाई जानकारी गराउने तथा पुराना उत्पादनको उपभोक्ताबाट फिड ब्याक लिने नै हो । त्यसका अतिरिक्त युवाहरूलाई बिदेश पलायन हुनबाट कसरी रोक्न सकिन्छ उनीहरूलाई सीपमुलक तालिम लिएर रोजगारीमा सहभागि हुन र हिम्मत भए आफै पनि सानो ठुलो उद्यम गर्न सकिन्छ भन्ने भावना जागृत गराउनु पर्ने छ । त्यस्तै व्यापार घाटा कम गर्न प्रबिधिको प्रयोग सहित व्यवसायीक कृषिमा संलग्न भए राम्रो आय गर्न सकिन्छ । त्यस्तै पर्यटन होटल तथा अन्य क्षेत्रमा पनि सम्भावना छ भन्ने भावना युवामा जगाउनु पर्ने छ । यो प्रदर्शनी तथा मेलाबाट युवालाई बिदेशमा होइन स्वदेशमा नै केही गर्न सकिन्छ । ऋण धन गरेर बिदेश होइन स्वदेशमा स्वरोजगार बन्न सकिन्छ भन्ने भावना जगाउन खोजेका छौं ।

दसैंकै समयमा आयोजना किन ?
बुटवलमा पुसको प्रदर्शनी तथा मेलाको एउटा पहिचान बनिसक्यो । त्यही समयमा सबै संघ सस्थाले आयोजना गर्न पनि मिलेन । बुटवल तथा आसपासको क्षेत्रमा व्यवसाय बिशिष्टिकरण र बिबिधिकरण पनि हुँदै गईरहेको छ । अन्य संस्थाहरूले पुसमा नै प्रदर्शनी तथा मेला गर्नुहुन्छ । हामीले सधै एउटै समयमा भन्दा फरक समयमा पनि प्रदर्शनी तथा मेला आयोजना गरौं भनेर बिगत ३ वर्षदेखि नै असोज कार्तिकमा प्रदर्शनी तथा मेला आयोजना गर्दै आएका छौं । दशैंमा सर्वसाधारण उपभोक्तालाई आवश्यक वस्तु किन्न सहज होला भन्ने पनि हो । त्यो खालको व्यवस्था पनि हामीले गर्दै छौ । हामीले दशै लक्षियत छुट्टै प्याभिलियन बनाउँदै छौ । त्यहा सुपथ मुल्यमा जुम्ला, हुम्ला, वाग्लु· लगायतका जिल्लाका अर्गानिक उत्पादनदेखि दैनिक उपभोग्य बस्तु सम्म पाइने छ । जुम्लाको स्याउ, दाते ओखर, फापरको पिठो, सिमि, जिम्वु, मार्सि चामल, जुम्ला र ढोरपाटनको आलु, कालो चामल राखिने छ । त्यस्तै नुन, तेल, ध्यु, चिनि, साबुन सरफ तथा खाद्यान्न सुपथ मुल्यमा उपलब्ध गराइने छ । दशैंको झल्को दिन रोटे पिगं तथा लिंगे पिगं राखिने छ ।

यस पटकको प्रदर्शनी तथा मेलाको छुट्टै आकर्षण के रहन्छ ?
हामीले कसरी फरक पहिचान कायम गर्न सकिन्छ । नयाँ र सबैलाई आकर्षित गर्न के ल्याउन सकिन्छ भन्ने त सोच्छौ तर अहिलेको सुचना प्रबिधिको युगमा कुनै नयाँ उत्पादन भयो कि बजारमा आइ हाल्छ । कसैले कुनै प्रबिधि भित्र्यायो त्यसका बारेमा पनि जानकारी भईहाल्छ । त्यसैले हामीले यस क्षेत्रमा भएका प्रबिधि, औद्योगिक वस्तु, कृषिजन्य वस्तुहरू राख्छौ । गार्मेण्ट, जुत्ता चप्पल, हस्तकला लगायका स्टल पूर्वदेखि पश्चिमसम्मबाट आएका छन । अहिले नै भन्दा त्यस्तो बिशेष आकर्षण नभएपनि त्यतिबेला आकर्षण देखिने हामीले बनाउँछौ । रोटे, लिंगे पिगं त भई हाल्यो । काठमाडौको धरहरा जुन महाभूकम्पले भत्किएपछी सर्बसाधारणले अवलोकन गर्न पाएका छैनन त्यो धरहराको झल्को मेटिने गरी ९ तले धरहरा बनाउँदै छौं । काठमाडौकै रानीपोखरी मन्दिरको झल्को दिनेगरी प्रवेशद्धार बनाईरहेका छौ । यसले मेला तथा प्रर्दशनीलाई सौन्र्दयीकरण गर्छ भने अप्रत्यक्ष रूपमा पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउँछ र सरकारलाई यस्ता ऐतिहासिक सम्पदाको छिटो पुनर्निर्माण गर्नु पर्दो रहेछ भन्ने दबाब श्रृजना गर्न सक्छ । खेल तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्छौ । खेलमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्दैै छौ । सांस्कृतिक कार्यक्रममा यस पटक यस क्षेत्रका व्याण्डहरूको बीचमा समेत प्रतिष्पर्धा हुने छ ।

सहभागी हुने स्टलको शुल्क, दर्शक उपभोक्ताको टिकट शुल्क कति छ र दर्शक तथा कारोवारको अपेक्षा कति छ ?
सहभागी स्टलबाट प्रकृति र लगानी हेरेर १२ हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म तय गरेका छौ । दर्शक उपभोक्ताको टिकट ५० रूपैयाँको छ । हाम्रो संस्थाले यसअघि आयोजना गरेका दुई वटा प्रदर्शनी तथा मेलामा जति स्टल तथा टिकट शुल्क लिएका छौ । यो शुल्क केवल खर्च व्यवस्थापनका लागि हो । साढे ३ देखि ४ लाख दर्शक हुने र १५ देखि २० करोड रूपैया सम्मको कारोवार हुने अपेक्षा गरेका छौं ।

संस्थाको नाम परिवर्तन गर्दा प्रदर्शनी तथा मेला आयोजना गर्ने कुन संस्था आएछ भन्छन् बजारमा संस्थाको नाम नै किन परिवर्तन ?
यो कुरा साथीहरूले हामीसँग पनि भन्नुहुन्थ्यो सुरुमा अहिले त धेरैले बुझ्नु भयो । बुटवलमा कुनै अर्को संस्था बनेको होइन, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन पुरानै संस्था हो अहिले त्यसको नाम परिवर्तन गरी उद्योग व्यापार संघ बुटवल बनाएका छौं । बिगतका प्रदर्शनी तथा मेलामा जस्तै सहयोग गरी सफल बनाउन म यस क्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यवसायी, संघ सस्था, आमउपभोक्ता दर्शक महानुभावहरूलाई आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%