© २०२३
कपिलवस्तु सदरमुकाम तौलिहवा जोडिएको सुठौली छोटी भन्सारको स्तारोन्नती गरि भन्सार कायम भएसँगै यस भेगका स्थानीय उत्साहित भएका छन् । नेपाल सरकारले देशभरका १ सय ४३ छोटी भन्सारहरू मध्य सुठौली सहितका पाँच छोटी भन्सारलाई मुलमा परिणत गर्ने निर्णय पश्चात स्थानीय उत्साहित भएका हुन । एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर युवराज खतिवडाले असोज ८ गते सुठौली छोटी भन्सारलाई मुल भन्सारका रूपमा उद्घाटन गरेका थिए ।
बिभिन्न संभावनाको ढोका खोल्ने गरि मुल भन्सारको रूपमा उदघाटन गरिए पनि हाल भने भन्सारका लागी पर्याप्त भौतिक पूर्वाधारको समस्या देखिएको छ । सरकारले भन्सारको स्तरोन्नति गरेसँगै यस भेगका स्थानिय उत्साहित भएको यशोधरा गाँउपालिका ४ पर्शोहियाका अहमद अली खानले बताए । “भन्सारको स्तरोन्नती पश्चात आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागी आवश्यक पर्ने जग्गा अधिकरणका लागी समन्वयात्मक भूमिका खेल्न तयार छौ ।” उनले भने । बिकासका क्रममा केहि बाधा अवरोध आए पनि सो को प्रतिफल भने अपेक्षाकृत रहने यशोधरा गाउँपालिका ७ सोमडिहका आदित्य पाठकले बताए । “भन्सारको स्तरोन्नतिले उत्साहित भएका छौ । भन्सारलाई पूर्णरूपमा सञ्चालन गर्ने बातावरण तयार गर्न आवश्यक सहयोग गर्ने छौ ।” उनले भने । भन्सार व्यवस्थित बनाउन जग्गा अधिकरणको प्रक्रिया शुरु गर्न आवश्यक रहेको बताउदै सोका लागी स्थानिय राजनैतिक दल, जग्गादाता तथा स्थानीय प्रशासनको सहकार्य आवश्यक रहेको उनको तर्क छ ।
सुठौली भन्सारलाई स्तरोन्नती गर्ने सरकारको निर्णयले आफुहरूलाई उत्साहित बनाएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए । “भन्सारको स्तरोन्नती सगै आगामी दिनमा आवश्यक सडक सञ्जालको व्यवस्थापन,क्वारेन्टाईन चेकपोष्ट सञ्चालन र अध्यागमन केन्द्रको स्थापना, भारतीय नोटको सहज उपलब्धताका लागी सटही काउन्टर तथा तौलिहवा बहादुरगंज हुलाकी सडकको निर्माणलाई प्राथमिकता दिन सके बुद्धस्थलको बिकासमा ठूलो सहयोग पुग्ने देखेका छौ,”अध्यक्ष कुर्मीले भने । बुद्धस्थल कपिलवस्तुको बिकासका लागी भन्सारको स्तरोन्नतीको निर्णय सगै आवश्यक पुर्वाधार बिकासमा सबैले सहकार्य गर्नु पर्ने यशोधरा गाँउपालिकाका प्रमुख गृजेश कुमार पाण्डेयले बताए ।
अर्थमन्त्रीद्वारा स्तरोन्नतीको निर्णय भएको सुठौली भन्सारको उदघाटन सगै बिभागले समेत आवश्यक कर्मचारी खटाउने अन्तिम तयारी गरेको छ । हाल सम्म कृष्णनगर भन्सार कार्यालय मार्फत मासिक रूपमा काजमा ३ जना नासु र ४ कार्यालय सहयोगी गरि ७ कर्मचारी खटिँदै आएका थिए । तर अब भने बिभागले १ अधिकृत, ६ नासु, लेखापाल, कार्यालय सहयोगी र सवारी चालक गरि कुल १७ दरबन्दीका कर्मचारी खटाउने छ । यस अघि सुठौली छोटी भन्सारसँगै चाकलचौडा भन्सार सञ्चालन गरिएको भए पनि अब सुठौली भन्सार मातहत चाकलचौडा, गौरा, दोहनी र रंगपुर छोटी भन्सार सञ्चालनमा आउने छन् । सुठौली भन्सारको स्तरोन्नती सगै गौरा, दोहनी र रंगपुर छोटी भन्सार सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको हो । सुठौली भन्सारमा तीन महिना अघि नै बैज्ञानिक प्रबिधीको आशिकुडा प्रबिधी शुरु भइसकेको छ । भन्सारको स्तरोन्नती गरि उद्घाटन समेत भए पनि भौतिक पूर्वाधारको उपलब्धता नहुनु भने अन्योल बिषय बनेको छ । गत आर्थिक बर्षमा २५ करोड ५३ लाख ५७ हजार भन्सार राजश्व असुली गरिउको सो भन्सारमा चालु आवमा स्तारोन्नती पश्चात पनि बिभागले जम्मा १५ करोडको राजश्व असुलीको लक्ष्य दिएको छ । पहिलो बर्ष आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने भएकाले प्रारम्भिक भन्सार असुली लक्ष्य कम दिएको खुल्न आएको हो । हाल सिमा भन्दा करिब १ किलो मिटरको दुरीमा रहेको सुठौली भन्सारबाट हालकै अवस्थामा भन्सार चुहावट नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ । कृष्णनगर भन्सार कार्यालयले ७ बर्षअघि देखि सुठौली भन्सारका लागी जग्गा खरिदका लागि आवश्यक रकम बिनियोजन गरेपनि हाल सम्म जग्गा प्राप्ती हुन नसक्नु भन्सार संचालनको अर्को चुनौती हो । भन्सार स्तरोन्नतिसँगै सिमा क्षेत्रमै करिब ७ देखि १० बिगहा जग्गामा यार्ड निर्माण गरि माल सामानको जाँचपास तथा पार्किङ्गस्थल निर्माण गर्नु पर्ने हुन्छ । त्यसै गरि हाल सम्म भएको भारतिय नाकाको खुनुवा देखी शोहरतगढको सडक, भन्सारको हालको उपलब्ध भौतिक पुर्वाधार र जग्गा प्राप्तीले भन्सार स्तरोन्नतीको निर्णयलाई कार्यान्वयनमा केहि प्रभाव पार्ने जानकार बताउछन ।
यता तत्कालै बिभागले उपलब्ध दरबन्दी अनुसारका कर्मचारी कार्य क्षेत्रमा पठाउने जनाउदै जग्गा प्राप्तीको प्रक्रिया सगै तत्कालै सिमा क्षेत्रमा बहालमा भए पनि भन्सार सञ्चालन गरिने कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत शोभाकान्त वाग्लेले जानकारी दिए । भन्सारका लागी आवश्यक जग्गा प्राप्ती र भौतिक पुर्वाधार निर्माण गर्नु पर्ने भए पनि भन्सार बिभागले पुजीगत खर्च बाहेकका अन्य खर्च उपलब्ध नगराएको भन्सार श्रोतले जानकारी दियो । भैरहवामा अन्तरराष्ट्रिय बिमानस्थलको निर्माणले हुने आवागमनको चाप र कृष्णनगर भन्सार नाकामा बढदो भन्सार चुहावटको अवस्थालाई मध्य नगर गरेर सम्भाव्यताकै आधारमा सुठौली भन्सारलाई स्तारोन्नती गर्न मन्त्रालयले पहलकदमी लिएको खुल्न आएको छ । केहि प्रारम्भिक जटिलता भए पनि मन्त्रालयले अधिकांस सम्भाव्यता देखेरै सुठौली छोटी भन्सारको स्तरोनन्ति गरेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्काले बताए । हालको मर्यादपुर बजारको दायाबाया क्षेत्रमा जग्गा प्राप्तीको प्रकृया अगाडी बढाएर भए पनि भन्सारलाई सुचारु गराउने योजना रहेको उनी बताउछन ।
साधुरो बाटोघाटोले समस्या आउने अवस्था भए नयाँ ईन्ट्री र ईग्जिट प्वाईन्ट निर्माण तथा तौलिहवा बजार क्षेत्रलाई प्रभाव नपार्ने बाईपास सडक निर्माण गर्न सकिने बिषयमा समेत राजनैतिक दल बिच छलफल चलाईने खड्काको भनाई छ । भन्सारका लागी आवश्यक पुर्वाधार निर्माणका लागी आवश्यक बजेट उपलब्ध गराउन भन्सार सुधार योजनाले बृहत कार्य अघि बढाउदै एसियाली बिकास बैङ्क सँग सहकार्य शुरु गरेको जनाईएको छ । त्यसै गरि भन्सारका लागी आवश्यक पुर्वाधार खडा गर्न जग्गा प्राप्ती तथा अधिकरण प्रयोजनका लागी प्रजिअ अर्जुन प्रसाद पोखरेलको नेतृत्वमा समिती समेत निर्माण गर्ने कार्य सम्पन्न भएको छ । “भन्सारको स्तरोन्नतीले बुद्धस्थल कपिलवस्तुको बिकासको ढोका खोलेको अनुभुती गरेका छौ । कपिलवस्तु बिकासका लागी सबै राजनैतिक दल र नागरिक समाजले सहकार्य तथा समन्वय गर्नेमा हामी बिस्वस्त छौं,” प्रमुख भन्सार अधिकृत खड्काले भने ।