© २०२३
रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरि गत आर्थिक वर्षको अवधिमा भएगरेका काम र यस आर्थिक बर्षमा अघि सारेका महत्वपूर्ण योजनाहरूको वारेमा जानकारी गराएको छ । रेसुंगा नगरपालीकाका प्रमुख डिल्लीराज भुसालले आर्थिक वर्ष २०७४÷०७५ मा भएका महत्वपूर्ण कार्यहरूका साथै यस आर्थिक वर्षमा कार्यान्वयनको चरणमा रहेका महत्वपूर्ण योजनाहरू र आर्थिक वर्ष ०७५÷०७६ का भावि योजनाहरूको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुनु ।
रेसुंगा नगरपालीकाले यस आर्थिक वर्षमा केही महत्वपूर्ण र केही महत्वकांक्षी भावी योजना समेत अगाडी सारेको छ । जस अन्र्तगत नगरपालिकाले एकीकृत गुरुयोजना कार्यान्वयन, नगर पाश्र्वचित्र निर्माण, नगर भू उपयोग योजना निर्माण, फोहोर व्यवस्थापन केन्द्र स्थापना, कार्यालय भवन व्यवस्थापन, शैक्षिक सुधारको लागि शिक्षक सम्मेलन, स्वास्थ्य सुधारको लागि तम्घास अस्पतालको आधुनिकीकरण र रेसुङ्गा क्षेत्रको गुरु योजना लगायतका योजनाहरू रहेका छन् ।
नगरपालीकाले तम्घास बजार क्षेत्र भित्र र वडा कार्यालयमा फ्रि वाईफाईको व्यवस्था, मन्त्रालयको समन्वयमा रोजगार सूचना केन्द्र स्थापना, भूकम्प—पीडितको लागि निजी आवास निर्माण, नगरभित्रका सडकको स्तरोन्नति, कृषि तथा पशु विकास कार्यक्रमलाई पकेट क्षेत्रको रूपमा विस्तार तथा विविधीकरण, खेलकुद विकासको लागि रंगशाला निर्माण विपद व्यवस्थापन केन्द्र स्थापना गर्ने लगायतका योजनाहरू अगाडि सारेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
पत्रकार सम्मेलनमा सहभागि संचारकर्मिहरूले योजनाबद्ध विकास हुन नसक्दा गुल्मीको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा आझेलमा परिरहेको भन्दै यसको दिर्घकालिन विकासका लागि नगरपालीकाले ठोस कार्य योजना बनायर अघि वढ्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख डिल्लीराज भुसालले रेसुंगा नगर क्षेत्रको समग्र विकासका लागि चाँडै गरुयोजना तयार हुने क्रममा रहेको भन्दै उक्त गुरुयोजना अनुसार नगरको संमृद्धि र विकासको ढोका खुल्ने बताए । उनले यसको लागि सबैको रचनात्मक र सकारात्मक सहयोग एवं सल्लाहको समेत आफुले अपेक्षा गरेको बताएका थिए ।
गत आर्थिक वर्षमा रेसुंगा नगरपालीकाद्वारा एक सय ४९ वटा मोटरबाटो निर्माण तथा मर्मत, ३३ वटा ढल निर्माण, ३५ वटा गोरेटो बाटो निर्माण, ८९ वटा खानेपानी योजना मर्मत, २० वटा सिँचाई योजना मर्मत र एउटा पक्की पुल निर्माण सम्पन्न गरेको नगरपालीकाका प्रवक्ता पदम प्रसाद अर्यालले जानकारी गराएका थिए ।
त्यसैगरि आर्थिक वर्ष २०७४÷७५ मा ४० वटा लैङ्गीक तथा सामाजिक समावेशिकरणका कार्यक्रम सम्पन्न गरेको, २१ वटा आयआर्जन तथा सिप विकास कार्यक्रम र ७० वटा संस्कृति संरक्षणका क्षेत्रका काम भएको नगरपालिकाले जनाएको छ ।
रेसुंगा नगरपालीकाकाले मर्मत तथा निर्माणका योजना सम्पन्न गर्दा गत आर्थिक वर्षमा ९५ प्रतिशत रकम खर्च भएको नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए । à