ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

प्रचण्डले प्रधानमन्त्री दावी गर्नु जनादेशविरुद्ध, कांग्रेस–एमाले सरकार उपयुक्त विकल्प : डा. दामोदर

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

तिलोत्तमा, ४ पुस । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले माओवादी केन्द्रले सरकारको नेतृत्व दावी गर्नु जनादेश विरुद्ध हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न राजनतिक स
िक्रयता देखाएकोप्रति लक्षित गर्दै नेता भुसालले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक र जनादेश विपरित रहेको बताएका छन् ।
सोमबार तिलोत्तमामा पत्रकारहरुसंग कुरा गर्दै नेपाली कांग्रेसभित्र संस्थापन पक्षका नेता भुसालले हालै सम्पन्न निर्वाचनले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने मत नदिएर पहिलो र दोस्रो ठूलो दल भन्दा धेरै कम मत दिएर तेस्रो दल बनाइदिएकाले उसले सरकारको नेतृत्वमा दावी गर्न नकिल्ने तर्क गरे । ‘अल्पमतले बहुमतमाथि राज गर्ने मनसाय त्याग्नु पर्छ,राजनीतिलाई अस्थिर बनाउने सबै खाले अभ्यासहरु रोकिनु पर्छ’–डा.भुसालले भने–‘ माओवादीले ९ लाई १० हुन १ अंकको भुमिका रहन्छ भन्दै थपिएको १ ले बाँकी ९ वटा १ को भुमिकालाई कुल्चिने र नजरअन्दाज गरी कांग्रेससंग ब्ल्याकमेलिङ गरिरहेको छ ।’
लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान सदस्य समेत रहेका नेता भुसालले माओवादी केन्द्रले आफ्नो जनमत अनुसारको हैसियतमा सरकारमा सहभागिता वा दुई ठूला दल मध्ये एकलाई निशर्त समर्थन गरेर ५ वर्ष स्थिर सरकार चलाउन दिनुपर्ने तर्क गरे । उनले स्थिर सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको सरकार उत्तम बिकल्प हुनसक्ने पनि औंल्याएका छन् । ‘पहिलो हुने दलले प्रधान भुमिका लिने दोस्रो हुने दलले दोस्रो भुमिकामा रहेर स्थिर सरकार दिने अभ्यास लोकतन्त्र स्थागत नहुदा सम्मका लागि जरूरी देखिन्छ’–उनले भने–‘निर्वाचनबाट प्राप्त जनादेशले स्थिर राजनैतिक प्रणाली लागि प्रमुख दलहरुका बिचमा उच्च प्रकृतिको सहकार्य खोजेको छ ।’
राजनीतिक दलहरुले सरकार गठनको संवादको प्रारम्भिक विन्दु स्थिर सरकारको सुनिश्चितता कसरी गर्ने र अस्थिर राजनीतिको दलदलबाट नेपाललाइृ कसरी मुक्त गर्ने भन्नेमा केन्द्रीत हुनुपर्ने भुसालले सुझाएका छन् ।
‘२०५२ सालमा माओवादी विद्रोह प्रारम्भ हुंदादेखि झण्डै दुई तिहाईको जनादेश प्राप्त केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार बिघटन हुंदासम्मको राष्ट्रिय परिस्थिति एवम् नेतृत्वत हमा रहेका व्यक्तिहरूको भुमिका र तिनको मनोदशा समेतको निष्पक्ष र वस्तुपरक विष्लेषण गर्दै सरकार गठनको प्रकृयामा अगाडि बढ्नु पर्छ । यसो हुँदा दल र तिनका नेताहरूलाई थप जिम्मेवार हुन बल पुग्नेछ’–भुसालले भने ।
विगतमा माओवादी र एमालेका बीचमा सत्ता सञ्चालनको गोप्य सहमतिले गर्दा विवाद उत्पन्न भई देशको महत्वपूर्ण समय खेर गएको तथ्यलाई नभुली दलहरुले अप्राकृतिक र अदृश्य रुपमा कुनै सहमति गर्न नहुने पनि उनले सुझाएका छन् ।
कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसके एमालेको नेतृत्वमा एमाले र माओवादी सहित साना दल एवम् स्वतन्त्र सांसदहरुको सरकार बन्दा सरकार गठनको प्रक्रिया प्राकृतिक हुने र यो स्थायी पनि हुने भुसालको तर्क छ ।

यस्तो छ भुसालको प्रेस विज्ञप्तिको पूर्ण पाठ

समुन्नत नेपाल राष्ट्र निर्माणको लक्ष्य पुरा गर्न स्थिर सरकार, आजको पहिलो र अनिवार्य आवश्यकता हो ।
त्यस्तै गरी, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल राज्यको प्रमुख राजनैतिक प्रणाली हो। यसको स्थायित्व दोस्रो अनिवार्य आवश्यकता हो।
महामहिम राष्ट्रपति ज्यूले नयाँ सरकार निर्माणको दाबी प्रस्तुत गर्न दलहरुलाई आव्हान गरेसँगै यतिखेर, राजनैतिक दलहरुका विचमा सरकार निर्माणको बिषयमा छलफलहरु भईरहेको बुझ्न सकिन्छ।
निर्वाचनका माध्यमबाट अभिव्यक्त जनादेशले स्थिर राजनैतिक प्रणाली लागि प्रमुख दलहरुका बिचमा उच्च प्रकृतिको सहकार्य खोजेको छ।
तसर्थ राजनीतिक दलहरुले संवादको प्रारम्भिक विन्दु ूस्थिर सरकारको सुनिश्चितता कसरी गर्ने रु एवम् अस्थिर राजनीतिको गर्त बाट नेपाल कसरी मुक्त गर्ने भन्ने हुनुपर्छ ।
यस्तो संवाद लाई अगाडि बढाउदा २०५२ सालमा माओवादी विद्रोह प्रारम्भ हुदाँ देखि झण्डै दुई तिहाइको जनादेश प्रप्त केपी ओलीको नेतृत्वमा रहेको सरकार बिघटन हुदाँ सम्मको राष्ट्रिय परिस्थिति एवम् नेतृत्वतहमा रहेका व्यक्तिहरूको भुमिका र तिनको मनोदशा समेतको निष्पक्ष र वस्तु परक विष्लेषण गर्दै अगाडि बढ्नु पर्छ । यसो हुँदा दल र तिनका नेताहरूलाई थप जिम्मेवार हुन बल पुग्नेछ।
सरकार गठनको सन्दर्भमा गठवन्धन गर्दा निम्न विकल्प हरूमा जान सकिन्छ
यसकालागि पहिलो सर्तस् गठवन्धन गर्दै गर्दा सहयात्री दलहरूबीच शक्तिको बाँडफाँडलाई स्वभाविक एवम् प्राकृतिक बनाउनु पर्छ स् त्यो भनेको ९ं१ .१० हो ९ लाई १० हुन थप एकको महत्वपूर्ण भुमिका रहन्छ भन्दैमा थपिएको १ले बाँकी ९ वटा १ को भुमिकालाई कुल्चिने ,अर्थात कुनै मतदाताको मतको मुल्य अधिक त कुनैको कम हुने गरी अल्पतले बहुमत माथि राज गर्ने मनसाय त्याग्नु पर्छ राजनीतिलाई अस्थिर बनाउने सबै खाले अभ्यासहरु रोकिनु पर्छ।
जनताको नाममा राजनीति गर्नेले, जनादेश लाई नमान्ने भन्ने हुन सक्दैन। विषेश गरि माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक मात्र छैन जनादेश विपरित हो। साथै विगतमा माओवादी र एमालेका बीचमा सत्ता सञ्चालनको गुप्ता सहमतिले गर्दा देशको महत्वपूर्ण समय खेरा गएको तथ्यलाई विर्सिए दलहरुले अप्राकृतिक र अदृश्य रुपमा कुनै सहमति नगरून्। भन्ने अभिप्रायले म यो धारणा प्रस्तुत गरिएको छु ।
सरकार निर्माणको अंकगणितले स्थिर सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेपाली कांग्रेस र एमाले बीचगरिने सत्ता गठबन्धन उत्तम बिकल्प हुनसक्छ। पहिलो हुने दलले प्रधान भुमिका लिने दोस्रो हुने दलले दोस्रो भुमिकामा रहेर स्थिर सरकार दिने अभ्यास लोकतन्त्र स्थागत नहुदा सम्मका लागि जरूरी देखिन्छ, यस्तो अभ्यास लोकतन्त्र प्रारम्भिक चरणमा रहेका मुलुकहरुमा देख्न सकिन्छ।
स्मरण रहोस् जहिले जहिले नेपालका प्रमुख राजनीतिक दलहरू एक भएका छन् ति ति समयमा नेपालले प्रगति पनि हासिल गरेको छ।
यसोहुन नसक्दा नेपाली काँग्रेसको नेतृत्वमा माओवादी लगायतका सानादल एवम् स्वतन्त्र संसद बीचको गठवन्धन हुँदा राम्रो
त्यो पनि नहुदा एमालेको नेतृत्वमा एमाले माओवादी सहित साना दल एवम् स्वतन्त्र सांसदहरुको सरकार बन्न सक्छ ।
यसो गर्दा सरकार गठनको प्रक्रिया प्राकृति साथै यो स्थायी पनि हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?