ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

साहनीमाथि भएको दुव्र्यवहारको संघसंस्थाहरूद्धारा आपत्ति

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

 वरिष्ठ अधिवक्ता, साहित्यकार एवं पत्रकार सेनानी दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति उद्योगी, नागरिक समाज, वार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायत ८ वटा संघसंस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै लेखक एवं बुद्विजीवी साहनीमाथि भएको दुव्र्यवहार खेदजनक रहेको बताएका छन् ।
उनीहरूले नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा साहनीले आफ्नो विचार राखेकै कारण उनीमाथि दुव्र्यवहार हुनु गम्भीर भएको भन्दै यस्ता अमर्यादित हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् । विज्ञप्ती जारी गर्नेहरूमा पुरानो बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्र लाकौल, राष्ट्रिय स्वाधिनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्की, पाल्पाली समाज नेपालका उपाध्यक्ष जितबहादुर भाट, उच्च अदालत बार एशोसियसनका अध्यक्ष षडानन्द भण्डारी, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण तिवारी, नेपाल उद्योग व्यापार संघका अध्यक्ष शंकर कोइराला, नेपाल घरबहाल सरोकार संघका अध्यक्ष खगेन्द्र पौडेल रहेका छन् ।
गत असोज ५ गते बुटवल उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो । लेखक साहनीले ऐतिहासिक जितगढी किल्लालाई सरकारले पेन्सन क्याम्प (पीपीओ) सम्झौताको नाममा भारतलाई बुझाएको प्रति आपत्ति जनाउँदै आएका थिए । बुटवलमा “ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान” गठन गरेर सम्झौता विरुद्ध आन्दोलन चलिरहेको छ । लेखक साहनी वरिष्ठ अधिवक्ता, पत्रकार सेनानी, साहित्यकार एवं प्राध्यापक समेत हुन् ।
यस्तै वरिष्ठ साहित्यकार दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति रूपन्देहीमा रहेका विभिन्न साहित्यिक संघसंस्था एवं स्रष्टाहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै एक बौद्धिक व्यक्तित्वको हैसियतले राष्ट्रियताको बिषयमा आफ्नो विचार राख्दा अमानवीय दुव्र्यवहार हुनु खेदपूर्ण र आपत्तिजनक भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ, “बौद्धिक व्यक्तित्व, वरिष्ठ अधिवक्ता, स्रष्टा एवं पत्रकार सेनानीको हैसियतले आफ्नो विचार राख्न पाउने संवैधानिक अधिकार कुण्ठित गराइएको उक्त घटना निन्दनीय, खेदपूर्ण र आपत्तिजनक छ ।
विज्ञप्तीमा कवि एवं वरिष्ठ साहित्यकारहरू रामचन्द्र भट्टराई, प्राडा. हिरण्यलाल ज्ञवाली, बुटवल कला साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली, कवि दीपक विक, प्रगतिशील लेखक संघ रूपन्देहीका कार्यवाहक अध्यक्ष कविराज पौडेल, साहित्य संगमको तर्फबाट कवि गिरी श्रीस मगर, सरिता श्रीस मगर, कृष्ण गाउँले, पाठक मञ्चको तर्फबाट रामचन्द्र श्रेष्ठ, माधव गौतम, कृष्ण पाण्डे, प्रलेस प्रदेश नं. ५ सचिवालय सदस्य खोमा तरामु मगर, बुटवल साहित्य परिषदबाट ज्ञानु केसी, लिला राना मगर, गजल सागर नेपालका अध्यक्ष मिन राना, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय सचिव ऋषि आजाद, छन्दवादी समाज नेपालका अध्यक्ष श्याम तिवारी, सिद्धार्थ साहित्य समाजका अध्यक्ष शशी पन्थी, न्यु होराइजन साहित्य परिषदका अध्यक्ष हरि पौडेलले हस्ताक्षर गरेका छन् । लेखक एवं साहित्यकारहरूले देशभरका सम्पूर्ण देशभक्त लेखक स्रष्टाहरूलाई राष्ट्रियताको पक्षमा दृढतापूर्वक कलम चलाउन अपील समेत गरेको छ । लेखक साहनीमाथि भएको अमानवीय दुव्र्यवहारप्रति नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नयाँ शक्ति पार्टी नेपाल रूपन्देही र दर्जनौं सामाजिक एवं उद्योगी व्यवसायिक संघसंस्थाहरू, नागरिक समाज, पत्रकार एवं बुद्विजीवीहरूले पनि आपत्ति जनाएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?