© २०२३
तिलोत्तमानगरपालिका विण्णुपुरका झबिन्द्र फुल्लेलको घरमा सोमबार बेलुका निकै रमाईलो भयो । वरपरका सबै आए । सबैले निकै रमाएर त्यहाँको दृष्य हेरे । केहि थुङ्गेफुलको गलामा माला पहिरिएर आँगनीमा नाच्दै थिए ।
रमाईलो हेर्न आएका वरपरका केहि दङ्ग परे । समय बेलुकाको थियो घर वरपरकालाई के भयो के हुँदै छ भन्ने जिज्ञासा पनि थियो । जब राजेन्द्र कडेलले दशैं र तिहार आउँदै छ बैनि के छ नि खबर यसपाली पनि तेत्तिकै भयो घर आउने रहर यो मन त थियो परिवार सङ्ग रमाइ बस्ने साहुको रिनले बनायो बैनी प्रदेशै पसने भन्दै गीत गाउन थाले पछि सबै नाच्न थाले केहि भने निकै भावुक भए । यो हेर्दा लाग्दथियो दिपावली अगाडीको लक्ष्मी पुजा जस्तै थियो ।
दिपावलीको अवसरमा गाईने केहिले गीतमा ताली बजाए । गलामा माला पहिरिएका छमछम्ती नाच्न थाले । यो देख्दा दिपावली घरआँगनमै भित्रिए जस्तो लाग्दथियो । तर दिपावली नआए पनि यो दृष्यले नेपालीके मौलिक परम्परा र संस्कृतिलाई झल्काउदथियो । यो दृष्य दिपावली भन्दा झण्डै एक महिना अगाडी प्रदेशीएका नेपालीहरूको पिडालाई लक्षित गरि तयार गरिएको म्यूजिक भिडियोको छायाङ्गन थियो ।
फर्कि आउनु हे मेरा दाजु नेपाली माटोमा साग र सिस्नु खाएरै बसौ मार्सीको साटोमा आसुका धारा धेरै नै बगे सकिन रोक्नलाई गाउँघरमा युवा छैन्ननी दाजु लासैर बोक्न लाई किन आउँछ चाड पर्व गरिवलाई अर्को साल त फर्कि आउनु दाई ।
निकै मार्मिक शब्द जसले विदेशियका प्रत्येक दाजु भाईहरूलाई सम्बोधन गर्न खोजेका छ । दिदि बहिनीहरूले बिदेश पुगेका दाजु भाई जसरी सम्झिएर मन गाठा पाछन् त्यस्तै शब्दहरूले यो गीतलाई उत्कृष्ट बनाएको छ ।
रिन तिर्न भनि बिदेश आको चार बर्ष भएछ बहिनिका आसु मखमलि फुल सुकेर गएछ नरुनु बैनि सबैको साटो यो दाजु रोको छ बैनिको हात टिका लगाई मरर्ने धोको छ
किन आउछ चाड पर्व गरिवलाई आउँछ भन्थ्ये गरिवका दिन आएको खैतनी समृद्धि देश बनाउन लड्ने मान्छे हो मैपनि एक सरो लाउन एक गास खान न काडी छैन रिनभन्ने र गर्ने फरकै रैछ दाजु आएन्न गरिवका दिन सञ्चारकर्मी उषाकिरण पन्थको शब्द र राजेन्द्र कडेलको लयमा यो दशै तिहारको भाका तयार गरिएको छ ।
राजेन्द्र कडेल र शिल भट्टराईको स्वरमा रहेको दशै तिहारको म्यूजिक भिडियो सुटिङ्गमा कृष्ण बावु पाण्डेय, गीता के सी, झबिन्द्र फुल्लेल, विष्णु श्रेष्ठ र कपिल अधिकारीले अभिनय गरेका छन् । रूपन्देहीको सुनदरताका पनि यस क्षेत्रमा धेरै म्यूजिक भिडियो छायाङ्गन हुन थालेका छन् ।
यसले गर्दा पनि यस क्षेत्रका नवोदित कलाकारहरूले धेरै अवसर पाईरहेका छन् । भर्खरै छायाङ्गन गरिएको दशै तिहारको अत्यन्तै मन छुने गीत जहाँ गरिबीका कारण एउटा दाजु विदेशिएको छ ।
तिहारमा नआउदा बहिनीको मन रोएको छ बुढा भएका बावा आमाको मन अमिलिएको प्रष्टसँग अनुभव गर्न सकिन्छ । यो म्यूजिक भिडियोलाई मनिष पन्थले छायाङ्गन र निर्देशन गरेका छन् । त्यसैगरी लोकेन्द्र शाहको नृत्य निर्देशनमा म्यूजिक भिडियो तयार पारिएको छ ।à