© २०२३
ढुंगा खन्ने क्रममा ढिस्कोले च्याँपेर गुल्मीमा एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा रेसुंगा नगरपालीका १२ उर्लेनी निवासी ५१ वर्षीय गुन बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उर्लेनीको ढुंगाखानी मूलमा ढुंगा खन्नेक्रममा माथिवाट ढुंगा सहित झरेको ढिस्कोले च्याँप्दा छातिको उनको सात वटा करंङहरू भाँचिएको बताईएको छ । करंङ भाँचिएका कारण शक्त घाईते बनेका विकलाई उपचारका लागि तम्घासवाट पाल्पा लैजाने क्रममा वाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र बहादुर खड्काले बताए ।