© २०२३
शाइनरेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रूपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरेनीर शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको छ । चुक्ता पूँजी १ अर्व ६२ करोडरहेको यस बैंकले हालसम्म १४ अर्व ६५ करोड निक्षेप परिचालन गरि १३ अर्व २१ करोड कर्जा लगानी गरेको छ । शाखा विस्तार पश्चात रूपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६र १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिग सेवा प्रदान गरिरहेको यस बैंकले रूपन्देही जिल्लाको शंकरनगरर कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने तयारिमारहेको छ । साथै, आवश्यकतार सम्भाव्यताका आधारमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
बैंकको गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणका लागि नेपालराष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइसकेकोले ७५ साल आश्विन २८ दशौं बार्षिक साधारण सभा गर्न गैरहेकोे जनाएको छ । à