© २०२३
चर्चित भारतीय गायक कुमार सानुले ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा कुमार सानु लाईभ ईन लुम्बिनीमा आफ्नो प्रस्तुति दिएका छन् ।
प्यारामाउण्ट इन्टरटेनमेण्टले गरेको ‘कुमार सानु लाइभ इन लुम्बिनी’ मा तीन सय बढी नेपाली गीतमा आवाज दिएको बताउँदै गायिका देविका बन्दनासँग नेपाली गीत गाउन पाउँदा आफू भाग्यमानी रहेको बताएका थिए ।
भारतीय उच्च सम्मान मानिने पदमाश्री पुरस्कारबाट सम्मानित भएका उनका सदाबहार गीत आजपनि करोडौंका मनमा रहेका छन् । ‘९० मा धेरै गीत गाएँ, ति गीतले अहिले देश–विदेशमा प्रस्तुती दिने अवसर प्राप्त भएको छ ।
म त अब रिसाउँछु बोल्दै बोल्दिनँ ..,भरे आउँछु सपनीमा…, मत आएँ … यो कथा हो तृष्णा मेरो…यो साँझ यो शुभ…, जानी नजानी …जनम जनमको…,कसको मायाले… लगायतका चर्चित तथा सदावाहार गीत गाएका कुमार सानुको स्वरमा रहेको अर्को नयाँ गीत केही समयमा सार्वजनिक हुने समेत उनले जानकारी गराए । हजारौं हिन्दी चलचित्रका गितमा स्वर दिएका उनले पहिले आफूले नेपालका नारायण गोपालका गीतहरू गाउने गरेको बताउँदै कार्यक्रममा शम्भुजीत बास्कोटा लगाएत नेपालका सर्जकलाई पनि सम्झे । सोही सन्दर्भमा उनले भने, नेपाल संस्कृति र संगितमा धनी छ । यहाँका धेरै प्रतिभा भारतमा सफल र चर्चित छन् ।’ आयोजक संस्था प्यारामाउण्ट इभेण्टका प्रमुख दिपक घिमिरेले कार्यक्रमबाट कुमार सानु खुशी हुनु नै कार्यक्रमको सफलता भएको बताउँदै कार्यक्रमको उद्देश्य पूरा भएको बताए à