© २०२३
सदरमुकाम परासीमा भुतपुर्व प्रहरी संगठनले ट्रफिक सचेतना कार्यक्रम गरेको छ । ट्रफिक प्रहरी कार्यालय र स्थानिय आदर्श माध्यमिक विद्यालयसंग सहकार्य गर्दै आईतवार सदरमुकामको रामग्राम चोकमा सचेतना कार्यक्रम गरेको हो ।
जथाभावी बाटो काट्ने र चोकमा कसरी क्रस गर्ने जस्ता समस्याका कारण रामग्राम चोकमा हुने गरेको दुर्घटनालाई कम गर्ने उदेश्यले सो कार्यक्रम गरिएको संगठनका अध्यक्ष सम्भु उपाध्यायले बताए । रामग्राम नगरपालिकाकी उपमयेर रम्भा कुवँरको प्रमुख आथित्यतामा भएको उतm सचेतना कार्यक्रममा भुतपुर्व प्रहरीहरु र विद्यार्थीहरु समेत भाग लिएर यात्रुलाई ट्रफिक नियम सिकाउने कार्य गरेका थिए । भैरहवा —भुमही राजमार्ग र परासी महेशपुर सडक क्रस गर्ने रामग्राम चोकमा धेरै जसो दुर्घटनाको सम्भवाना रहेकोले उतm चोकमै बालबालिकालाई नै सहभागि गराई कार्यक्रम गरिएको अध्यक्ष उपाध्यायको भनाई थियो ।
भुतपुर्व प्रहरी संगठनले विभिन्न सेवामुलक काम गर्दै आएको छ । सोही अनुरुप आज विद्यार्थीको सहयोग लिई ट्रफिक प्रहरीसंग समन्वय गरेर सचेतना कार्यक्रम गरिएको थियो । यो कार्यक्रम धेरै प्रभावकारी हुनेमा उपमेयर कुवँरले प्रशंसा पनि गरेकी थिईन् । सबै गैरसरकारी संघसस्थाहरु परियोजना मुखी नभएर यस्ता कृयाकलाप गरेर सचेतना फैलाउनु पर्ने आजको आवश्कता रहेको उनको भनाई थियो । उनले आउदो दिनमा नगरक्षेत्र भित्र कार्यालय रहेका गैससलाई पनि अन्य स्थानमा ट्रफिक सम्बन्धी सचेतनासंगै अन्य समाजिक विकृती विरुद्ध पनि कार्यक्रम गर्नका लागि परिचालन गर्ने बताईन् ।