© २०२३
बुटवल उपमहानगरपालिका–२ मा रहेको फूलबारी बचत तथा ऋण सहकारी संस्थाको ११ आंै बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै सहकारीबाट नै देश विकास संभव भएको बताइन् । सहकारीको माध्यमबाट उद्यमशिलता विकास हुने भन्दै उनले नगरभित्र रहेका सहकारीहरूमार्फत युवा रोजगार र उद्यमशिल कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढाइने बताइन ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सुचना अधिकृत नेत्र प्रसाद घिमिरेले देशको आर्थिक विकासमा सरकारबाट तीन खम्बे अर्थनीति अघि बढाएर कार्यान्वय भएको वर्तमान अवस्थामा सहकारी क्षेत्रको महŒव बारेमा प्रकाश पारे । विश्वका सबै देशहरूले सहकारीमार्फत नै देशको विकास हुन्छ भन्ने मान्यता विकास गरेको भन्दै उनले आर्थिक दृष्टिकोणले स्ववलम्बन बनाउने, सहकारीमार्फत जनसहभागिता र सहकारी ब्यवसायका रूपमा रहेकोले सरकारले यसका लागि योजना अघि बढाउने बताए । फूलबारीको राम्रो प्रतिवेदन तयार भएको भन्दै सदस्य संस्था, कारोबारको हिसाब र वित्तीय विवरण प्रभावकारी देखिएको दाबी गरे । सहकारी वित्तिय मात्र नभई सामाजिक कार्यहरूमा समेत अग्रसर रहेको देखिएको उनले बताए । तालिम, सहकारी भ्रमणमार्फत विकासमा अग्रसर भएको तथा शेयर सदस्यहरूको हितमा समेत कामहरू भएको उनले बताए । सहकारीले संस्कृति जगेर्ना गर्ने र सामाजिक एकीकरणमा समेत सहयोग गर्नुपर्ने बताए ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ लक्ष्यसहित स्थापना भएको सहकारी आफ्नो लक्ष्यमा अडिग रहेको अध्यक्ष चन्द्रमणी भण्डारीले बताए । स्थापनाकालमा सानो स्वरूप रहेको संस्था सहकारी नीतिअनुसार अघि बढ्दा सफलता मिलेको उनले बताए । सहकारी मापदण्डलाई पालना गरि काम गरेको र पारदर्शी रूपमा कारकारबाही अघि बढाइएको उनले बताए । आर्थिक पारदर्शिता र दोहोरो शेयर सदस्यता हटाउन सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लागू गर्दा सहकारीलाई धेरै फाईदा मिलेको समेत उनले बताए । संस्थाका सल्लाहकार प्रेम फौदार, टंक गैरेले साना बचतलाई एकत्रित गरि शेयर सदस्यहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिए । सचिव रोशन पाण्डेले आर्थिक वर्ष २०७४÷०७५ मा २० लाख ४८ हजार ३ सय ५७ रूपैयाँको नाफा भएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको आधारभूत मान्यतालाई कार्यान्वन गर्दै अघि बढ्न सके देशको आर्थिक उन्नतिमा योगदान पुगेको उनले बताए । शिक्षा, स्वास्थ्य तथा खेलकुद गरि सामाजिक गतिविधिमा समेत संस्थाले सहयोग गर्दै आएको सचिव रोशन पाण्डेले बताए ।
बुटवल अटो ईन्जिनियरिङ्गका उपाध्यक्ष प्रेम गौचन, धनवर्ष सहकारीका उपाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, पशुपति सामुदायिक विकास संस्थाका अध्यक्ष सीता भट्टराईले सहकारी मार्फत आर्थिक समृद्धिमा सबैको हातेमालो जरुरी रहेको बताए ।
कार्यक्रममा शेयर सदस्य अर्जुन खड्का उत्कृष्ट ऋणि, शेयर सदस्य ढुन्डीराज भण्डारी उत्कृष्ट बचतकर्ता र जमुना सुवेदी अनुशासीत सदस्यका रूपमा सम्मानित भएका थिए । सहकारीमा हाल ३ सय १७ पुरुष र १ सय पचास महिला गरि ४ सय ६७ जना शेयर सदस्यहरू रहेका छन् ।