© २०२३
प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–४ ले शेयर सदस्यहरूलाई उद्यमशील र स्वरोजगार बनाउने योजना अगाडि सारेको छ । कृषि कर्जा र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्ने निर्णय शनिबार बुटवलमा भएको आठौ साधारणसभाबाट पारित गरिएकोे हो ।
सहकारीका उपाध्यक्ष माधब ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालयका पूर्ब प्रमुख नेत्रप्रसाद घिमिरेले जनताको स्वामित्व सहितको बिकासमा सहकारीको योगदान रहनुपर्ने बताए ।
उनले सहकारीको पहिचान स्थापित हुनेगरि काम गर्न आग्रह गरे । सो अबसरमा अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष पूर्णचन्द्र अर्यालको प्रतिबेदन पारित गरिएको छ । सो अबसरमा जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पंगेनी, संस्थापक अध्यक्ष बिष्णु पुरी, ब्यबस्थापक ऋषिराम भट्टराई लगायतले बोलेका थिए ।
४ सय ६९ शेयर सदस्य रहेको सहकारीले करिब ५ करोडको कारोबार गरेको छ । कार्यक्रममा समयमै सांवा ब्याज बुझाउने शेयर सदस्य तेजप्रसाद पौडेल र समयमै मासिक बचत बुझाउने शेयर सदस्य प्रकाश भुसाललाई सम्मान गरिएको थियो । १ करोड ९ लाख २५ हजार ७ सय ५० शेयर पूँजी रहेको सहकारीले ४ लाख २६ हजार ३ सय ३१ मुनाफा आर्जन गरेको छ ।
à