ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रवि लामिछानेको पार्टीमा समानुपातिक सांसद छनौटमा विवाद

२५ मंसिर २०७९, आईतवार
२५ मंसिर २०७९, आईतवार

बुटवल,२५ मंसिर । स्थापित ठूला दलहरुको चर्को विरोध गर्दै आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद छनौटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

आफूलाई सबैभन्दा समावेशी पार्टी बनाएको बताए पनि उनको पार्टीले एक जना पनि दलित महिलालाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरेको छैन । रास्वपाले दलिततर्फ २ सिट प्राप्त गरेको भए पनि दुवै सिटमा दलितबाट पुरुषलाई सिफारिस गरेको छ भने अन्य सिटमा पनि विधि पद्दति लत्याएर आफ्नालाई सिफारिस गरेपछि विरोध चर्केको हो ।

पार्टीले पाएको १३ सिट समानुपातिकमा नाम सिफारिस गर्दा आफ्नालाई सिफारिस गरिएको भन्दै उक्त पार्टीका नेताहरुले कतै पत्रकार सम्मेलन गरेर त कतै सामाजिक सञ्जालबाट नेतृत्वको चर्को विरोध गरेका छन् ।
खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा रहे पनि आफूलाई सांसद नबनाइएको भन्दै समानुपाकितर्फका उम्मेदवार गणेश कार्कीले विरोध जनाएका छन् । पार्टी महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले आफ्ना नजिककालाई सांसद बनाउँदा आफू सांसद हुन नपाएको उनको गुनासो छ ।

यसअघि समावेशी दलित समूहको पहिलो नम्बरमा आफ्नो नाम भएर पनि आफु छनौट नभएको भन्दै कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नै विरोध जनाएकी छन् ।

रोक्कालाई छनौट नगरेर उक्त पार्टीले दलिततर्फ पहिलो र दोस्रो नम्बरमा रहेका पुरुषलाई नै छनौट गरेको छ ।

यस्तो लेखेका छन् गणेश कार्कीले : 

म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।
पुनश्च स् फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।
पुन पुनश्च माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।

कार्कीको अर्को स्टाटस

अहिले प्रवक्ता खाँदै गर । अब हामी सरकारमा जान्छौँ, जान्छौँ, जान्छौँ । बार्गेनिङ मिलिसकेको छ, राष्ट्रिय सभामा हाम्रो एक सिट लगभग पक्का हो, त्यहाँ पनि अवसर हुन सक्छ । अवसरै अवसर छ । पार्टी छोडेर केहि पनि पाउँदैनस् । लालच देखाइयो ।
हकले पाउने छोड्दिन । निगाहमा केहि चाहिदैन । बार्गेनिङ गर्ने दलाल नसम्झिनु ल । अनि सरकारमा गएर हिजो गलत भनेकैहरुलाई काँध हाल्ने कृत्यको बिरोधी हुँ म ।
लालचले काम गरेन । किनभने, केहि मान्छेहरु यति सस्ता हुन्छन् कि सित्तैमा पाइन्छन् तर किन्न खोज्दा संसारको लालचले पनि नभ्याउने महंगा हुन्छन् ।

रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताइन् ।

उनले भनिन, पार्टीका नेताले भाषणमा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ । तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावली हेर्दा थाहा भइहाल्यो नि । २ जना दलित समुदायबाट पठाउँदा एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो नि ’

उम्मेदवार कल्पना रोक्काले पार्टीको  निर्णय विरुद्ध पार्टी कार्यालयमा उजुरी गर्ने बताएकी छन् ।

रास्वपाले १०७ जनाको नाम बन्दसूचीमा राख्दा दलित समूहमा १४ जनाको नाम समावेश गरेको थियो । दलित समूहमा पनि ५० प्रतिशत अर्थात ७ जना महिलाको नाम समेटिए पनि बन्दसूचीमा मात्रै थन्किएको छ ।

बन्दसूचीमा दलित महिलाको पहिलो नम्बरमा कल्पना रोक्का, दोस्रोमा रुपा शंकर, तेस्रोमा सबिना विश्वकर्मा, चौथोमा जमुना विक, पाचौमा देवीमाया जिरेल, छैटौमा निर्मला देवी र सातौमा सितादेवी पाँपर रहेका थिए । १७ जनामध्ये दलित समूहको पहिलो नम्बरमा सन्तोस परियारको नाम थियो भने दलित महिलाको पहिलो नम्बरमा कल्पना रोक्काको नाम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?