© २०२३
नवलपुरको देवचुलीमा भएको दुई दिने प्रदेश स्तरीय बालिका सम्मेलन २०७५ शनिबार सम्पन्न भएको छ । सक्षम बालीका, समृद्ध नेपाल भन्ने मुल नाराका साथ यही असोज ५ र ६ गतेका दिन नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालीकामा भएको प्रदेश स्तरीय बालीका सम्मेलनमा गण्डकी प्रदेश र ५ नं. प्रदेशका बालीकाहरुको उपस्थिति रहेको थियो । जागृती बाल तथा यूवा सरोकार नेपाल नवलपरासी, गल्र्स किक र बालमेत्री स्थानीय शासन राष्ट्रिय मञ्चले संयोजन गरेको प्रदेश स्तरीय बालीका सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला समन्वय समिति, देवचुली नगरपालीका, यूनिसेफ, कियर नेपाल, सेभ द चिलड्रेन लगायतको सहकार्य रहेको आयोजकले जानकारी दिएको छ । बालीका माथी हुने हिंसा, दुव्र्यवहार र बाल विवाह अन्त्य गर्ने अभियानका साथ प्रदेश स्तरीय बालीका सम्मेलन गरीएको जागृती बाल तथा यूवा सरोकार नेपाल नवलपरासीका अध्यक्ष तिलोत्तमा पौडेलले जानकारी दिए । दुई दिन सम्मको सम्मेलनमा किशोर किशोरीद्धारा सांस्कृतीक प्रस्तूती, अन्तर पुस्ता संबाद कार्यक्रम, फिल्म र डकुमेन्ट्री प्रदर्शन, प्रदेश स्तरीय प्रदर्शनी स्टल, बाल विवाह एवम् हिंसा विरुद्ध प्रतिवद्धता गर्ने सेल्फि स्ट्यान्ड, आत्म सुरक्षा सम्बन्धी कक्षा, विभिन्न खेलहरु, बाल विवाह सम्बन्धी नाटक प्रदर्शनी लगायतका कार्यक्रमहरु गरीएको थियो । २३ जिल्लाका करिब १ सय बालीकाहरुको उपस्थीती हरेको सम्मेलनबाट निस्कीएका निचोड र सुझावको प्रतिवेदन असोज १४ गते दोस्रो वालिका सम्मेलन २०१८ मा प्रस्तुत समेत गरीने भएको छ । साथै प्रदेश स्तरीय बालीका सम्मेलन २०७५ मा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, गण्डकी प्रदेशका माननिय रोशन बहादुर गाहा मगर, सांसद ओमकला गौतम, भगवती भण्डारी, जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आले लगायतले सम्बोधन गर्दै बालीका हिंसा र बाल विवाह अन्त्यका निम्ती प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै सामाजिक विकास मन्त्रि पुनले विद्यार्थीहरुको स्टल समेत अवलोकन गरेकी थिईन् । दुई दिन सम्म सञ्चालन भएको सम्मेलनमा स्थानीय जनप्रतिनीधी र सामाजिक कार्यकर्तासंग बाल विवाह एवं बालिका हिंसा विरुद्ध सवाल, पहल, उनीहरुले भोगेका समस्या र सवालहरुको बीचमा छलफल गरिएको थियो ।à