ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

गुडियाबाट आत्मनिर्भर बन्ने योजनामा दलित महिलाहरु

२२ असार २०७५, शुक्रबार
२२ असार २०७५, शुक्रबार

शंकर के सी,
सल्यान, २१ असार ।
सल्यान रीमको खालीमा बस्ने पवित्रा विकलाइ चिटिक्क परेको गुडिया बनाउँछु जस्तो लागेको थिएन । कहिँकतै सजाएर राखेको गुडिया देखेकी उनलाइ आफ्नै हातले गुडिया बन्छ भन्ने विश्वास पनि कम नै थियो ।
तर १५ दिन सम्म हस्तकलाका सामग्री बनाउने तालिम लिइसकेपछि आकर्षक गुडिया बनाउन सिकेकी पवित्रालाइ अव यहि सिप प्रयोग गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने दह्रो विश्वास लागेको छ । घरेलु तथा साना विकास समिती सल्यानले कपुरकोट गाउँपालिका सल्यानसंगको सहकार्यमा आयोजना गरेको तालिममा दलित समूदायका महिलाहरुले गुडिया बनाउने सिप सिकेका छन् ।
बजार माग राम्रो रहेकोले उद्यमशिल बनेर महिलाहरुले गुडिया उत्पादन गरेमा मनग्य आर्थीक लाभ लिन सकिने बलियो सम्भावना रहेकाले यस प्रकारको तालिम आयोजना गरिएको घरेलु तथा साना विकास समितीका वरिष्ट उद्योग अधिकृत प्रदिप न्यौपानेले जानकारि दिए । तालिममा सहभागी मुलपानीकी रिता सुनारले अव सिकेको सिपलाइ प्रयोग गरेर उद्यम गर्ने इच्छा रहेको सुनाइन् । उनले भनिन्, ‘हामीलाइ व्यवशाय संचालन गर्नका लागी गाउँपालिका लगाएत सबैको सहयोग चाहिन्छ । अझै यस सम्बन्धी थप तालिम पाएमा राम्रो हुन्थ्यो ।’
तालिमका प्रशिक्षक विष्णु प्रसाद खड्काले आफुले तालिम प्रदान गरेका धेरैजसोले गुडिया बनाएर आत्मनिर्भर बनिसकेको बताए । ‘मैले ३० भन्दा बढि ठाउँमा यस प्रकारको तालिम दिइसकेको छु । महिलाहरुको आकर्षण यसतर्फ बढ्दैछ । उद्यम संचालन गरेर आम्दानी लिन थालिसकेका छन्,’ उनले भने । तालिम समापन अवसरमा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले विभिन्न जनावरको आकृतीमा महिलाले बनाएको गुडिया देखेर खुसि हुँदै यसलाइ व्यवशायीकरणतर्फ ढाल्नुपर्ने बताए । उनले भने, ‘सिपले महिलाहरुलाइ आयआर्जनमा बृद्धि भइ आत्मनिर्भर बनाउँछ ।’ यस्तै जिल्ला समन्वय समितीका उपप्रमुख हरि बुढाथोकीले सुखि परिवारका लागी सिप जरुरी रहेको बताउँदै यसले समृद्ध नेपाल बनाउन टेवा पुर्याउने धारणा राखे । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले लघु उद्यमलाइ प्रवद्र्धन गर्न आवश्यक योजनाहरु ल्याइने बताए । आफ्नो गाउँपालिकाका युवा, महिला सबैलाइ सिपयुक्त बनाउन विभिन्न तालिमहरु सञ्चालन गरिएको जानकारि गराउँदै उनले सिप सिकेकाले उद्यम गरेमा तालिमको प्रतिफल देखिने बताए ।
विमल गौतमले सहजीकरण गरेको कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजाल, उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विर बहादुर चलाउने, घरेलु तथा साना उद्यम महासंघ सल्यानका अध्यक्ष विरेन्द्र भण्डारी लगाएतकाले बोल्दै बजारको मागको आधारमा वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।
होजेरि तालिम सम्पन्न
यसैविच दलित महिला, जनजातीका लागी बुनाइ सम्बन्धी होजेरि तालिम कपुरकोट ३ सल्यानमा सोमबार समापन भएको छ । १० दिन सम्म सञ्चालन भएको तालिममा महिलाहरुले उनबाट स्वीटर, मोखलर, टोपि बनाउन सिकेका छन् । यद्यपि सहभागीहरुले यो तालिम छोटो अवधिको भएको बताए । सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले सिपले सहज जीवन जीउन सहयोग गर्ने भन्दै लगनशिलतामा ध्यान दिन अनुरोध गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, नेपाल हस्तकला महासंघका केन्द्रीय उपाध्यक्ष होमनाथ उपाध्याय, गाउँपालिकाका प्रमु प्रशासकिय अधिकृत सुवास रिजाल, मुख्य प्रशिक्षक कमला सुवेदी, कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन लगाएतकाले मन्तव्य राख्दै तालिममा सहभागीहरुलाइ सफल उद्यमी बन्न सुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?