© २०२३
मुस्लिम समुदायहरूको तेस्रो महान चाड मुहर्रम हर्सोल्लास पुर्वक मनाएका छन । ईस्लाम धर्माबलम्बीको बाहुल्यता रहेको कपिलवस्तुमा मुहर्रम हर्सोल्लास पुर्वव मनाईएको हो । मुस्लिम धर्मावलम्बिले मनाउने चाड भए पनि पछिल्लो समय हिन्दु र मुस्लिम दुबै समुदायले घरघरमा ताहजिया राखि चाड मनाउने गरेका छन । सबै समुदायले मनाउन थाले पछि यो चाड साम्प्रदायिक सदभावको नमुना बन्दै गएको छ । सामाजिक सदभावको पर्व भए पनि केन्द्र र प्रदेश सरकारले मुहर्रममा सार्वजनिक बिदा नदिँदा आफुहरू दुःखी भएको जामा मस्जिद तौलिहवाका ईमाम मौलाना अलि हसनले गुनासो गरे । करिब १३८१ बर्ष अधि ईराकको कुवा नहरको फराद करवला मैदानमा एजिदोनोले गरेको आक्रमणमा परि मारिएका ईस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा यो चाड मनाईने गरेको छ । उनको प्रतिक स्वरूप घरघरमा तहाजियाको पुजा गरिने चलन रहेको छ । आफुले मागेको भाकल पुगेमा श्रद्धालुहरूले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने र मुहर्रमका दिन विर्सजन गरिने गरिएको छ । हात बाट कागज र बासँको सहायताले मन्दिरको आकारमा बनाएका तहाजिया २ मिटर लामो देखि १० मिटर अग्लो सम्म रहेका थिए ।
मोहर्रककै अवसरमा जिल्लाको तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडी, श्ररिामपुर लगायतका स्थानमा रहेका करबलाहरूमा मेला लागेको थियो । पछिल्लो समय कपिलवस्तुमा मुहर्रम पर्व बाजा गाजा तथा रंगीचङ्गी हुने हुदा हिन्दु धर्मावलम्बीहरूले समेत यस पर्वलाई अंगाल्दै गएका छन । मुहर्रम मनाउने बढे पछि तहाजियाको कारोबारमा समेत बृद्धि भएको व्यापारीहरू बताउँछन् । अर्को तिर हिन्दु र मुस्लिम समुदायले मनाउने यो एक मात्र पर्व भएको हुदा यसले धार्मिक सदभाव थप मजबुत बनाउने देखिन्छ । १० दिन अघि देखि मनाईन थालेको पर्वको मुख्य दिन आज पर्दछ । अरबी क्यालेण्डरको पहीलो महिना मुहर्रमको १० तारिखमा मुहर्रम पर्व मनाउने गरिएको छ । à