© २०२३
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको वडा नं. १ बालविवाह मुक्त बडा घोषणा भएको छ । वडामा गरिएको सर्वेक्षणबाट ९५ प्रतिशत विवाह २० वर्ष पुगेपछि मात्र भएको तथ्यांक आएकोले वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष तेज बहादुर बस्नेतले बताए । साथै यसअघि वडालाई पुर्ण साक्षर, पुर्ण भर्ना तथा पुर्ण खोप वडा समेत घोषणा गरिएको छ भने आगामी दिनमा बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको वडा अध्यक्ष बस्नेतले बताए ।
नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले लिएको निति अनुसार विस्तारै विभिन्न वडाहरू बालविवाह मुक्त वडा तथा पुर्ण भर्ना वडा भैरहेको बताए । नगरपालिकाको जम्मा १० मध्ये ४ बटा वडा बालविबाह मुक्त घोषणा भैसकेका छन । यसै बर्ष थप २ बटा वडा घोषणाको तयारीमा जुटेको नगरपालिकाले जनाएको छ ।à