© २०२३
बीस हजार भन्दा बढि गीतमा स्वर दिएका भारतका सु प्रसिद्ध गायक कुमार शानु पहिलो पटक बुद्ध जन्स्थल लुम्बिनी आएका छन् । विगत लामो समय देखि बुद्ध जन्मस्थल लुम्बिनीमा आउने ईच्छा जाहेर गरेका उनलाई मौका जुरेको थिए । तर शुक्रबार उनी काठमाण्डौबाट जहाजमा गौतम बुद्ध विमानस्थल भैरहवा र भैरहवा हँुदै लुम्बिनी गएर मायादेवी मन्दिरको भ्रमण गर्नुको साथै विशेष बौद्ध पुजा समेत गरेका छन् ।
विगतका बर्षहरूमा कयौंपटक काठमाडौंमा आफ्नो प्रस्तुती देखाएका कुमार शानुले सयौं संख्यामा नेपाली गीतहरू समेत गाएका छन् । आज (शुक्रबार) मणिग्र्राममा आयोजना हुन लागेको कुमार सानु लाईभ ईन लुम्बिनीमा सहभागी हुन आएका सु प्रसिद्ध गायक कुमार सानुले बौद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका हुन् । काठमाडौंबाट भैरहवा विमान स्थलमा ओलिए लगत्तै लुम्बिनी गएका सानुले त्यहाँ करिब १ घण्टा विताएका थिए । त्यसपश्चात उनी बुटवलमा आएका छन् ।
बुटवलमा सञ्चारकर्मीहरू संगको सक्षिप्त कुराकानीमा उनले लुम्बिनीमा पाईला टेक्ना पाउँदा आफुलाई गौरव लागेको बताए । उनले भने–‘धेरै लामो समय देखिको एउटा ईच्छा बुद्ध भुमिमा पाईला टेक्न पाएको छु, खुसी छु ।’ लुम्बिनीमा अलि बढि गर्मीको महसुस गरे पनि बुद्धभुमिका पाईला टेक्दा सितलताको महसुस गरेको गायक सानुको भनाई रहेको छ । मणिग्राममा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आज साँझ ६ बजे देखि सुरु हुने कार्यक्रममा उनका साथमा गायिका देविका बन्धनाले पनि आफ्नो प्रस्तुती दिने छिन् ।
आयोजक संस्था प्यारामाउन्ट ईन्टरनेन्टमेन्ट प्रालिका जोर्डन राजभण्डारीका अनुसार कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार कार्यक्रमको लागि ३५ सय रूपैयाँको टिकट व्यवस्थापन गरिएको छ भने करिव १५ सय देखि २ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजक विजस पौडेलका अनुसार कुमार शानु संगै भारतीय चर्चित गायिका स्वागता को पनि प्रस्तुती हुने छ । जसको लागि भारतबाट नै म्युजिसियनको टोलि आएको छ । लाईभ ब्याण्ड भारत बाट आउने छ ।à