© २०२३
मन्त्रिपरिषदको बैठकले शेरबहादुर देउवाको सरकारले भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद पनि धरापमा परेको छ । बोर्डले नेपाली चलत्रिमा बक्स अफिस लागू गर्ने अन्तिम तयारी गरिरहेको समयमा उनले पदबाटै हात धुनुपर्ने अवस्था आएको हो ।
यस विषयमा प्रतिक्रिया माग्दा उनले सरकारको आधिकारिक पत्र आएपछि आफ्नो निर्णय लिने बताइन् । निकिताले भनिन्(‘अहिलेसम्म सरकारको आधिकारिक पत्र आएको छैन । पत्र आएपछि के गर्ने सोच्नेछु ।’के तपाई अदालत जानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्(‘मैले त्यो बारेमा अहिले सोचेकी छैन । सरकारको निर्णयमा मैले नकारात्मक सोच पालेकी छैन । आधिकारिक पत्रको पर्खाइमा छु ।’सूचना तथा संचार मन्त्रालयका सचिवले आधिकारिक पत्र नआएसम्म काम गरिराख्न भनेकाले निकिता विहीबार कार्यलयमा हाजिर भएकी छिन् ।
बक्स अफिस के हुन्छ
चलचित्र विकास बोर्डमा आएसँगै निकिताले बक्स अफिस लगाउनका लागि महत्वपूर्ण कदम चालेकी छिन् । साउन १ गतेबाट काठमाडौमा बक्स अफिस लगाउने अन्तिम तयारी छ । तर, बोर्ड प्रमुख फेरिने भएपछि अब बक्स अफिस के होला भन्ने प्रश्नसमेत उब्जिएको छ ।निकिता भन्छिन्(‘बक्स अफिस लागू गरी छाड्ने मेरो एउटै उद्देश्य थियो । यदि यो लागू हुन सकेन भने मलाई दुःख लाग्नेछ ।’चलचित्र विकास बोर्डमा पहिलो महिला अध्यक्षको रुपमा नियुक्त भएपछि चर्चामा आएकी निकिता बक्स अफिस लागू गरेर आफ्नो कार्यकाल स्मरणीय बनाउने ध्याउन्नमा थिइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी