© २०२३
गुरुङ्ग चलचित्र ङै माया क्योलाई (मेरो माया तिमिलाई) को बुटवलमा च्यारिटि शो गरिँदैछ । शुभेच्छा फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको फिल्म आज बुटवलको कालिका चलचित्र मन्दिर हलमा च्यारिटी शो गरिने पत्रकार सम्मेलन गरि जनाएको हो । किरण तमुस्यो, सन्जय गुरुङ्ग, तमु छोज धी, तमु विद्यार्थी छोज धी रुपन्देहीको आयोजनामा च्यारिटी शो गर्न लागिएको हो । निर्माता गौतम गुरुङले मोफसलमा समेत चलचित्र बन्ने क्रम जारी रहेको भन्दै संस्कृतिलाई नयाँ पुस्तामा लैजान फिल्म उपयोगी हुने बताए । फिल्म नेपालका गुरुङ्ग बस्तीहरुमा धेरै मेहनत गरि सुटिङ्ग गरिएको बताए । संस्कृति दर्शाउने फिल्मलाई अन्य ब्यवसायिक फिल्मसंग तुलना गर्न नहुने समेत उनले बताए । फिल्मलाई जिवन्त बनाउन धेरै मेहनत गरेको फिल्मका निर्देशक खुश बहादुर गुरुङ्गले बताए । गुरुङ्ग भाषा र संस्कृति लोप हुँदै गएको अवस्थामा यसलाई बचाउन अभियानका रुपमा फिल्म निर्माण गरिएको उनले बताए । नायिका एलिजा गुरुङले आफ्नो दोस्रो फिल्म भएको बताए । सुनको फुल मारौ त गुरुङ्ग फिल्म चलचित्र खेलेका उनले फिल्म खेल्ने अवसर पाएको नेपाली चलचित्रमा आउने बताईन ।
गुरुङ्ग समुदायको पहिचानलाई देखाउने र उनीहरुको संस्कृतिमा विवाह पद्धती, मायाप्रितिका कुराहरुलाई दर्शाउने गरि तयार पारिएको बताए । लमजुङ्ग, पोखरा, स्याङ्गजामा सुटिङ्ग गरिएको गरिएको हो । फिल्ममा कुशल गुरुङ्ग, तारा बहादुर गुरुङ्ग, एलिजा गुरुङ्ग, पुजा गुरुङ्ग, जेनिशा गुरुङ्ग, धनमाया गुरुङ्ग, टिकाराम घलेको कलाकारीता रहेको छ । फिल्मलाई तारामान गुरुङ्ग, जसबहादुर गुरुङ्ग, अम्मर गुरुङ्ग, धिर बहादुर गुरुङ्ग, निकेश गुरुङ्ग, पृथ्वी गुरुङ्ग, हरिमाया लामा निर्माण गरेका हुन् । कथा/संगित/गित/निर्देशन खुश बहादुर गुरुङ्ग, छायाकन भेष बहादुर गुरुङ्ग, नृत्य निर्देशन कमल बहादुर गुरुङ्गको रहेको छ । à