© २०२३
पादरर्शी बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिका सधारण सभा बुटवलमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारीहरूको सहभागीतमा आर्थिक समृद्धि संभव भएको बताए । कार्यक्रममा सहकारी बैंक प्रदेश ५ शाखा प्रबन्धक नरेश पाढण्डेले ३ खम्बे अर्थनीति अनुसार आर्थिक विकासमा फड्को मार्न सहकारीको आवश्यकता बढेको धाणा राखे । सहकारीका अध्यक्ष रघुनाथ अर्यालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का नायव सुब्ब गुणाखर खनाल, संस्थापक अध्यक्ष मीना कार्की, माद्धापुच्छ्रे सहकारीका सचिव रमेश पोखेल, तपोभुमि सहकारीका उपाध्यक्ष धर्मराज पौडेल, सञ्चालक समितिका किरण गौतम, शेयर सदस्य गोविन्द भट्राई, युवारजा न्यौपाने लगायतले बालेका थिए । यसैविच, सधारण सभा तथा अधिवेसनबाट अध्यक्ष चन्द्र बहादुर महत चयन भएका छन् ।, जमूना थापा (उपाध्यक्ष), युवराज न्यौपाने (सचिव), रमेश कुमार भण्डारी (कोषाध्यक्ष), चयन भएका छन् । सदस्यहरूमा किरण गौतम , सीता बस्नेत क्षेत्री, सीता खनाल ए.सी, रूद्र बहादुर ज्ञवाली, मान बहादुर थापा चयन भएका छन् लक्ष्मण भट्टराई को संयोजकत्वमा गठन भएको लेखाम समिति सदस्यहरूमा सरस्वती पौडेल र सन्तोष सुवेदी रहेका छन् ।