© २०२३
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप बन्द गर्नुपर्ने बताएका छन् । सञ्चार संसारकै संरक्षक रहेको बताउँदै उनले स्वतन्त्र पे्रसमाथि अवरोध गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीको २० औं साधारणसभा तथा आठांै अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले सरकारले ल्याएको मुलुकी संहिताले सबै क्षेत्रलाई अप्ठ्यारोमा पारेको उल्लेख गर्दै पे्रसलाई यो वा त्यो प्रकारले सरकारले अबरोध गर्न खोजेको आरोप समेत लगाए । सरकारले ल्याएको नयाँ मुलुकी संहिताले प्रेसलाई अंकुश लगाएको बताउँदै नेता केसीले तत्काल सच्याउन माग गरे । प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले ल्याएको मुलुकी सहिंताले प्रेसलाई कमजोर बनाउने बताए । सरकारले प्रेसलाई जिम्मेवार बनाउन नसकेको दावी गर्दै उनले स्वतन्त्र प्रेसको पक्षमा खवरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याए ।
प्रेस युनियनका उपाध्यक्ष वाला अधिकारीले मिडिया बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउँदै मुलुकी सहिंता स्वतन्त्र प्रेसको बिपक्षमा रहेको दाबी गरिन् । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, प्रदेससभा सांसद निर्मला क्षेत्री, प्रेस युनियनका महासचिव अजयबावु शिवाकोटी, पूर्व महासचिव शिव लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, प्रेस युनियनका केन्द्रिय सदस्य तथा लुम्बिनी अञ्चल संयोजक माधव अर्याल, पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, नेपाली कांगे्रसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, ट्रेड युनियन रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा जीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार छविलाल पाण्डेलाई सम्मान गरिएको छ । पत्रकार पाण्डेलाई नगद २५ हजार १ सय १ रुपैंयासहित कदरपत्रले सम्मान गरिएको हो । अधिवेसनबाट रेखा भुषाल नेतृत्वको नयाँ कमिटि गठन भएको छ । उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएकी हुन् । à