ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

तयारी तीब्र, स्टल दर्ता अन्तिम चरणमा

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

स्वाधिन अर्थतन्त्रको लागि औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ असोज १९ गतेदेखि बुटवलमा संचालन हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको स्टल बुकिङ कार्य अन्तिम चरणमा पुगेको छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।
विभिन्न पेभिलियन गरी ४ सय भन्दा वढि स्टल रहने उक्त प्रदर्शनीमा करिव ३ सय ५० स्टल दर्ता भई सकेको स्टल दर्ता व्यवस्थापन उपसमितिका संयोजक गोविन्द प्रसाद गैरेले जानकारी दिए । पूर्व मेची देखी पश्चिमका विकट पहाडी जिल्लाहरूको बाट समेत स्टल दर्ता गराउन उद्योगी व्यवसायीहरू बुटवल मण्डपमा आएका छन् ।

तराई देखि हिमाल सम्मका उत्पादनहरूको एकै ठाउँमा प्रदर्शन गरी तिनको प्रवद्र्धन गराउने गरी स्टल दर्ता गरिएको संयोजक गैरेले जानकारी दिए । स्टलमा विविधिकरण गर्ने प्रयास गरेका छौ । उनले भने– एउटै थलोमा तानमा बुनिने पाल्पाली ढाका, कारागारका कैदीवन्दीले तयार गरेका हस्तकलाका सामाग्री, उच्च पहाडी जिल्लामा उत्पादीत अल्लो, इन्जिनियरिङ तर्फ नमुना हाईड्रो पावर देख्न पाइने छ ।’
उनका अनुसार प्रदर्शनीमा घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई प्रोत्साहन गरिएको छ । दैनिक उपभोग्य वस्तुको लागि खाद्य पेभिलियन, दशैं बजारको लागि दशैं स्पेशल पेभिलियन, अटो पेभिलियन, कृषि पेभिलियन, गार्मेट पेभिलियन, सूचना प्रविधि पेभिलियन राखिने छ ।
स्टल निर्माण कार्य पनि तिव्रगतिमा अघि वढेको छ । ८० प्रतिशत स्टल निर्माण कार्य सम्पन्न भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए । उनका अनुसार ४ दिन भित्र स्टल निर्माणको काम पुर्ण रूपमा सम्पन्न हुने छ । मेला स्थलमा इन्टरनेट टेलिफोन, फ्याक्स, पार्किङ, प्राथमिक उपचार पिउनेपानी, सुरक्षाको लागि सिसिटिभी सहितको शुरक्षा व्यवस्था मिलाईएको आयोजकले जनाएका छन् ।
प्रदर्शनीलाई कसरी आकर्षक र फरकपनि दिन सकिन्छ भनेर आयोजक योजना बनारहेका छन । संघका पुर्व अध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले प्रदर्शनीलाई विगतको भन्दा बढि आकर्षक तथा दर्शक उपभोक्तालाई सहज र सर्वसुलभ गराउने गरी काम भईरहेको बताए । प्रदर्शनी आउने दर्शकले ९ तले धरहरा हेर्न र चढेर त्यसै फर्कन पाउने छैनन  लोपोन्मुख चर्खे (रोटे) पिङ र लिङगे पिङको मज्जा लिन समेत पाउने छन् । प्रदर्शनीमा लोपोन्मुख रोटे पिङ राखिने भएको हो । यो पिङ पहाडी जिल्लामा खेलिने भएपनि अहिले लोप हुने अवस्थामा छ ।
त्यसैगरी दर्शकले लिङ्गे पिङको मजा पनि लिन पाउनेछन । मेला भित्र प्रवेश गर्दा दशैं तिहार आएको झल्को दिने गरी संरचनाहरू तयार गरिएको मेला प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए । तयारीको क्रममा गणतन्त्र स्तम्भ रंग रोगन गरि सजाईएको छ । संविधान दिवसको अवसरमा गणतन्त्र स्तम्भमा दिप प्रज्ज्वलन समेत गरिएको थियो ।
प्रवेशद्धार निर्माण र मन्च निर्माणको कार्य प्रारम्भ भएको र प्रदर्शनीको मुख्य आकर्षकको रूपमा रहने धरहरा निर्माण कार्य ५० प्रतिशत पुरा भएको संघका महासचिव तथा सचिवालय व्यवस्थापन समिति उप समितिका संयोजक केशव श्रीसले जानकारी दिए । उनका अनुसार सचिवालयका कामकारबाही तिव्र गतिमा अघि वढेको छ । पत्राचार तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसंग भेटघाट तथा अन्तक्र्रियालाई तिव्रता दिईएको छ । जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रूपमा रहेको उक्त प्रदर्शनी असोज २८ गते सम्म संचालन हुनेछ ।
PHOTO: प्रदर्शनीको मुख्य आकर्षक धरहरा निर्माण गरिँदै । तस्विरः बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?