ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
अन्तराष्ट्रिय अपाङ्गता दिवस

छैन प्रदेश सरकारको चासो

१७ मंसिर २०७९, शनिबार
१७ मंसिर २०७९, शनिबार

बुटवल, १७ मंसिर ।

विश्वभर शनिबार ३१ औ अपांगता दिवस मनाईदै छ । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः पहुँचयुक्त र समातामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान’ भन्ने मूल नाराका साथ दिवस मनाईदै छ । दिवस मनाईरहँदा औपचारिकतामा मात्रै सिमित हुने अवस्था रहेको हो । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि विभिन्न ¥याली तथा कार्यक्रमा गरी यो दिवस मनाईरहँदा अझै हजारौं अपाङ्गता भएका व्यक्तिहरुले भने यो दिवसको कुनै पनि महसुस गर्न पाउँदैनन् ।
अधिकांश सहर केन्द्रित कार्यक्रमले ग्रामीण क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई भने समेट्न सकेको पाईदैन । शुद्धोधन अपांग संघका अध्यक्ष विष्णु बहादुर थापाले अझै पनि गाउँमा अपाङ्गता भएका व्यक्तिहरु घर बाहिर आउने अवस्था नरहेको बताउँछन् । उनले गाउँगाउँमा अपाङ्गता सचेतना आवश्यक रहेको भन्दै समाज, परिवार, राज्यबाट हुने गरेको व्यवहारमा हाल सम्म कुनै पनि परिवर्तन नआएको बताए ।

प्रदेश सरकार रहेको अस्थायी मुकाम बुटवलमा अपाङ्गता सम्बन्धी हेर्ने निकायको रुपमा प्रदेशको महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको छ । यो मन्त्रालयले गतबर्ष अपाङ्गताको लागि विनियोजन गरिएको सबै बजेट फ्रिज गराएको थियो । गत आर्थिक बर्ष २०७८÷७९ का लागि केही लाख बजेट विभिन्न दिवस मनाउन, सहायता सामग्री प्रदान गर्न भन्दै विनियोजन गरिएको भएपनि सचिव, मन्त्रीको अरुचीका कारण लाखौं रकम यत्तिकै फ्रिज भएको अपाङ्गता सरोकारवालाहरुको आरोप रहेको छ ।

विगत लामो समयदेखि अपाङ्गता अभियान्ताको रुपमा काम गर्दै आएकी हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य निर्वाचित सावित्रा घिमिरेले प्रदेश सरकारले सबैभन्दा पहिले अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन गर्नुपर्ने बताउँछिन् । उनले सोेही अनुसार योजना निर्माण गर्न सहज हुने भन्दै प्रदेश सरकारले पहिलो काम यसमा जोड दिनुपर्ने बताउँछिन् ।

प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्दा समेत प्रदेशमा के कति अपाङ्गता भएका व्यक्तिहरु छन् भन्ने विषयमा सरकारसँग कुनै पनि तथ्यांक छैन । तथ्यांक संकलन गरी सोही अनुसारको १० प्रकारका अपांगता भएका व्यक्तिहरुको वर्गीकरण अनुसार विभाजन गरी सोही अनुसारको नीति तथा कार्यक्रम ल्याएमा मात्रै अपांगता भएका व्यक्तिहरु ‘वास्तविक’ हरुको लागि न्याय हुने अपांगता अभियान्ताहरुको भनाई छ ।

केही टाठाबाठा, सहरकेन्द्रित संघ संस्था स्थापना गरी सोही अनुसारको काम गरेर बजेट मास्ने काम भएको भन्दै यसको लागि प्रदेश सरकार र संघीय सरकारले सहज रुपमा सबै वर्ग समुदायको प्रतिनिधित्व हुने गरी बजेट विनियोजन गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएका व्यक्तिहरुको लागि नेपाल सरकार पक्ष राष्ट्र भएर संयुक्त राष्ट्रसंघीय महासन्धी (यूएनसीपिआरडी) मा हस्ताक्षर गरेपनि कार्यान्वयन तह फितलो भएको बताउँछन् । अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सरकारी निकायले चासो नदेखाउँदा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा सेवा प्रवाह गर्न नसकिरहेको उनको तर्क छ ।

रुपन्देही जिल्लामा मात्रै करिव १० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । केही समय पहिले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरेपनि अन्य निकायहरुले भने यसमा चासो देखाएका छैनन् । स्वयम् प्रदेश सरकार समेत यसमा अनिच्छुक देखिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी(युएनसिपीआरडी) को सदस्य राष्ट्र भएको कारण सहजरुपमा विना अवरोध अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्न पाउनुपर्ने गरी व्यवस्थापन हुन आवश्यक रहेको बताउँछन् ।

नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २९ ले अन्य व्यक्ति सरह अपांगता भएका व्यक्तिहरुले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चत गरेको छ भन्दै उनले यसमा सबैले सहयोग, साझेदारी गर्नुपर्ने बताउँछन् ।

यद्यपि, अपांगता भएका व्यक्तिहरु विभिन्न भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायमै छ । उनले लुम्बिनी प्रदेशमा करिव १ लाख ५० हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमानित तथ्यांक रहेकोमा करिव ५० देखि ५५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु निर्वाचनमा मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?