© २०२३
दशौं कपिलवस्तु महोत्सव यही मंसिर १८ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा हुने दशौ कपिलवस्तु महोत्सवको बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । कृषि र पर्यटनमा आधारित उद्योग ब्यापार, समृद्ध र सुखी कपिलवस्तु निर्माणको आधार भन्ने नाराका साथ दशौं कपिलवस्तु महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक उमानाथ पौडेलले जानकारी दिए । सो अवसरमा दशौं कपिलवस्तु महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने, पर्यटन प्रवद्र्धनमा जोड दिइने अध्यक्ष पौडेलले बताए ।
कपिलवस्तुको चार नः जितपुरमा रहेको बुुद्धरगंशालामा आयोजना हुने महोत्सवलई सफल पार्नका लागी २८ वटा विभिन्न उपसमिति समेत निर्माण गरिएको छ भने १ सय ५१ सदस्य मुल समारोह समिति गठन गरिएको महोत्सवका निर्देशक रुक बहादुर भुसालले जानकारी दिए ।