© २०२३
बुटवल उपमहानगरपालिका वडा नं. ११ का स्थानीयहरूलाई नेपालको संविधानका बारे सचेत गराउने उद्देश्यले एक दिने नागरिक सचेतना कार्यक्रम गरिएको छ ।
संजिवनी टोल विकास संस्थाको आयोजनामा स्थानिय टोलका बासिन्दाहरूलाई संविधानमा उल्लेख भएको मौलिक अधिकार सहित अन्य धेरै विषयमा जानकारी दिइएको हो ।
बुटवल उपमहानगरपालिका अन्तरगतको न्यायिक समितिका सदस्य गौमती सुनारले कार्यक्रममा सहजिकरण गर्दै संविधानले ३२ वटा मौलिक अधिकार संबिधानमा उल्लेख भएको जानकारी दिइन् । समानताको हक, स्वतन्त्रताको हक, बाँच्न पाउने हक, सम्पतिको हक न्याय सम्बन्धी हक, संचारको हक संबिधानले सुरक्षित गरेको सुनारले प्रष्ट पार्दै सबै नागरिकहरूले यसको अध्ययन गर्नुपर्ने बताइन् । छोटो समयमा संविधानका मुख्य विषयबस्तुहरू बारे स्थानिय टोलबासीहरूलाई जानकारी भएसंगै उनिहरूमा अधिकारसंगै निभाउनुपर्ने कतब्र्यबारे ज्ञान हुने उनले बताईन ।
कार्यक्रमको वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गर्दै नगरका सबै टोल संस्थाहरू संविधानको बारेमा सचेतनाका कार्यक्रमहरू गर्न सुझाव दिए । संविधान दिवसको अवसर पारेर कार्यक्रम गरिएको संस्थाका अध्यक्ष देव बहादुर थापाले बताए । बुटवल उपमहाानगरपालिकामा आफुहरूले पहिलो कार्यक्रम गरेको समेत उनले बताए । वडा नं. ११ का एक सय ५० बढी स्थानियहरूको सहभागिता रहेको थियो ।