© २०२३
मुख्यमन्त्री शंकर पोखरेलले मुलुकमा भइरहेको बलत्कारका घटनामा सरकार गम्भिर रहेको बताएका छन् । उनले विगत देखि नै महिला माथि विभिन्न बहानामा हिंसा भएपनि बाहिर आउन नसकेको भन्दै पछिल्लो समयमा धेरै हिंसाका घटनाहरू बाहिर आउन थालेको बताए । उनले घटना बाहिर आउनु राम्रो पक्ष भएको भएको भन्दै यसले अपराधी पत्ता लगाउन सहज हुने बताए । मंगलबार सञ्चारिका समुह लुम्बिनीले संकलन गरेको बलात्कार विरुद्धको हस्ताक्षर बुझाउने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पाँच नम्बर प्रदेशमा महिलाहरू माथि हुने घटनाको जानकारी तत्काल दिन अनुरोध गरे । मुख्यमन्त्री पोखरेलले राज्यले कहिले पनि बलत्कारीलाई संरक्षण गर्न नसक्ने भन्दै अनावश्यक शंका पैदा गरेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्दै सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रतिनिधि पात्र मात्र भएको भन्दै महिला माथि हुने हिंसा न्यूनीकरणका लागि विद्यालयस्तरमै यौन शिक्षाका विषयमा जानकारी र किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिमको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । सञ्चारिका समुह लुम्बिनीले गत भदौ २१ गते बलात्कार विरुद्धको हस्ताक्षर अभियान बुटवलको पुष्पलाल पार्कमा आयोजना गरेको थियो । कार्यक्रममा करिब एक हजार जनाले हस्ताक्षर गरेका थिए ।