© २०२३
सहकारी संस्था नेतामुखी भन्दा पनि नीतिमुखी भएर संचालन गर्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कोषाध्यक्ष केशव पोखरेलले बताएका छन् । उनले सहकारीले समुदायप्रतिको चासोलाई ख्याल गर्नसके दिगो र टिकाउ सहकारी सावित हुने बताए । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको १३ औ स्थापना दिवशको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले सहकारी संस्था समाजले विश्वास गर्न लायक हुनुपर्ने बताउँदै प्रविधि र प्रतिस्पर्धायुक्त तरिकाले सहकारी संचालन गर्न सके सहकारीमा दिगोपना ल्याउन सकिने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष भिमप्रसाद गुरुङ्ग, संस्थाका पूर्व अध्यक्ष सुवकान्त न्यौपाने, सल्लाहकार प्रकाश अर्याल, जयकिशन अधिकारी, तुल्सीराम शर्मा, देवदह वडा नं ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने लगायतले आ–आफ्ना भनाई राखेका थिए ।