ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

बुटवल उप–महानगरपालिकाद्वारा वार्षिक प्रगति सार्वजनिक

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

बुटवल उपमहानगरपालिकाले एक बर्षभरीमा गरेका विभिनन कार्यक्रमहरुको बारेमा सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख शिवराज सुवेदी ले एक बर्षभरीमा नगरपालिकाले गरेका कार्यहरुको बारेमा प्रकाश पारेका हुन ।
नगरपालिकाले तद्नुरुपका ऐन, नियम, विधेयक, कार्यविधि, निर्देशिका, मापदण्ड र आचारसंहिता सहित ३० वटा कानूनहरु निर्माण गरेर राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा ल्याएको छ ।
बुटवल उपमहानगरपालिका अन्र्तगतका सबै वडाहरुमा गरेर २७ हजार ८ सय ६२ मिटर कच्ची सडकलाई ग्राभेल सडकमा स्त्तरोन्नती गर्ने काम सम्पन्न भएकोे जनाइएको छ ।
विभिन्न वडाहरुमा करिब २,०४७ मिटर सडक पिसिसी, सडक बोर्ड अन्र्तगत करिब ३,००० मिटर सडक पिच निर्माण तथा मर्मत संम्भार, वुटवल उपमहानगरपालिकाका १९ वटै वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका मझौला तथा साना गरी ४६० भन्दा बढी योजनाहरु मार्फत करिब ५,००० मिटर सडक पिच र नेपाल सरकारको सर्शत अनुदानमा सञ्चालित रु ५० लाख भन्दा बढी लागतका सडक पिच योजना अन्र्तगत करिब ८,००० मिटर सडक पिच निर्माण गर्ने काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्त राम प्रसाद रेग्मीका अनुसार सञ्चालित सबै ठूला, मझौला र साना योजनाहरु अन्र्तगत २७ कल्र्भट, ९७ ह्रयुम पाइप जडान र करिब १६,००० मिटर नाली निर्माण गर्ने काम सम्पन्न भएको छन् । लुम्बिनी बस टर्मिनल परिसरको सडक पिच गर्नुका साथै नव निर्मित बस टर्मिनल भवन र सपिङ्ग कम्प्लेक्सका १७ वटा सटर निर्माण सम्पन्न गरी भाडामा लगाईएको छ, विगतदेखी थन्किएर रहेका दमकल र ग्रेडर लगायत उपकरणहरु मर्मत संम्भार गरी सञ्चालनमा ल्याईएको जनाइएको छ ।
बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सवारी पार्कि¨को अल्पकालीन व्यवस्थाका लागि सम्बन्धीत टोल विकास संस्थाको सहकार्यमा एकतर्फी गाडी पार्किङ्ग गर्ने, ट्फिक प्रहरी कार्यालय र संघसंस्थाहरुसंगको सहकार्यमा पार्किङ्ग व्यवस्थापन अभियान सञ्चालन गर्ने र सडक पेटीमा राखिएको अवरोध हटाउने काम भईरहेको छ ।
उज्यालो शहर अभियान अन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा करिब ४,००० मिटर विद्युत पोल तथा लाइन विस्तार गरी ८ वटा ट््रान्सर्फमर जडान गरिएको छ ।
उज्यालो शहर अभियान अन्तर्गत बुटवल उप–महानगरपालिकाका विभिन्न स्थानमा १५६ थान सौर्य सडक बत्ति जडान र ५५ वटा मर्मत गर्ने काम सम्पन्न भएको छ । सार्वजनिक निजि साझेदारीमा हाइवेका विभिन्न स्थानमा ९ थान सोलार जडित यात्रु प्रतिक्षालय, ६ वटा ट््राफिक आईल्याण्ड र राजमार्ग चौराह देखी पुष्पलाल पार्क हुदैं तिनाउ पुल सम्मको हाइवेमा करिब १०० थान सोलार जडान गर्ने काम सम्पन्न भएको छ ।
यस्तै न्याय सम्पादन तर्फ बुटवल उपमहानगरपालिकाको कार्यक्षेत्र अन्र्तगतको न्याय निरुपण सम्बन्धी निति तथा न्यायिक समितिको सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी मेलमिलाप तथा विवाद मिलाउने न्यायिक काम गर्न अदालत निर्माण गर्दै हप्तामा दुई पटक इजलास बसी न्याय निरुपण गर्ने काम भईरहेको जनाएको छ ।
जस अन्र्तगत मेलमिलापका माध्यमबाट १३५, न्यायिक समितिबाट ५, रुपन्देही जिल्ला अदालतमा न्याय निरुपणका लागि पठाईएका ५ वटा गरी पारिवारिक झगडा, लेनदेन, सम्बन्ध विच्छेद, घर बहाल सम्झौता, जग्गा विवाद, घरेलु हिंसा र सम्बन्ध विच्छेद जस्ता १४५ वटा निवेदनहरु उपर कामकारवाही भएको छ ।
शिक्षा तर्फ तामनगर सामुदायिक सिकाई केन्द््रलाई सूचना केन्द््रको रुपमा स्त्तरोन्नती गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसमा पुस्तकालय स्थापना गर्ने, बुटवल बहुमुखी क्याम्पसमा कल्र्भट, मञ्च र पिसिसी निर्माण गर्ने, शैक्षिक विकास कोष अन्र्तगत ३ वटा सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा मर्मत संम्भार गर्ने र विभिन्न विद्यालयहरुमा १४७ सेट फर्निचर वितरण गर्ने काम सम्पन्न भएको नगरपालिकलो जनाएको छ ।
नर्वेजियन सरकारसंगको सहकार्यमा बिटिआई को भौतिक पूर्वाधार विकास, प्रविधि तथा उपकरण व्यवस्थापन र पाठ्यक्रम सुधार सम्बन्धी सम्झौता सम्पन्न भई काम अगाडी बढेको छ ।
सामाजिक सेवा प्रवाहमा योगदान कार्यक्रम अन्र्तगत संस्थागत विद्यालय छात्रवृति कार्यविधि निर्माण गरी कक्षा ११ मा अध्ययन गर्ने करिब २४७ जना विद्यार्थीलाई वार्षिक औसत अठचालिस हजार रुपैया का दरले एक करोड अठार लाख छपन्न हजार रुपैया) छात्रवृति प्रदान गरिएको जनाइएको छ । यस्तै सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न ७०० विद्यार्थीहरु लाई हाजिरीका आधारमा दैनिक बिस रुपैया बराबरको खाजा व्यवस्था गरिएको र आधारभूत तहमा अध्ययन गर्ने ३,९९६ छात्रा र २,८४८ जना दलित विद्यार्थीहरुका लागि रु ४००।– (अक्षेरुपी चारसय रुपैया) का दरले छात्रवृति उपलब्ध गराएको उल्लेख गरिएको छ ।

माध्यमिक तहका सम्पूर्ण दलित विद्याथीहरुलार्ई रु ५००।– (अक्षेरुपी पाँचसय रुपैया) का दरले छात्रवृति उपलब्ध गराउने, माध्यमिक तहका छनौट भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु १,७००।– (अक्षेरुपी सत्रसय रुपैया) का दरले छात्रवृति उपलब्ध गराइएको छ भने अति विपन्न समूहका बालबालिकाले अध्ययन गर्ने मैनावगर प्राथमिक विद्यालयको बालविकास केन्द्रका सबै कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने र सामुदायिक विद्यालयमा अध्ययनरत १३,५७२ विद्यार्थीहरुलाई समयमै आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउने काम सम्पन्न भएको जनाइएको छ ।
विद्यालय भर्ना गराउन विशेष अभियान सञ्चालन गरी १३१ जना विद्मालय नगएका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइएको नगरपालिकाले जनाएको छ ।
८५ वर्षभन्दा माथिका नागरिकलाई चौमासिकरुपमा घरमा गएर निशुल्क शारिरिक स्वास्थ्य जा“च गर्ने, नगर स्वास्थ्य केन्द््र र स्वास्थ्य चौकी नभएका वडाहरुमा प्रत्येक १५÷१५ दिनमा क्लिनिक सञ्चालन गर्ने र ४० बर्षभन्दा माथिका व्यक्तिहरुको नगर स्वास्थ्य केन्द््र तथा स्वास्थ्य चौकीबाट निशुल्क ब्लड् प्रेशर र सुगर जा“च गर्ने काम भईरहेको जनाइएको छ ।
सेमलारमा आधुनिक कर्वडहल निर्माण र नगरका अन्य वार्डहरुमा स–साना खेलमैदानहरुलाई स्त्तरोन्नती गर्ने काम भईरहेको छ ।
खानेपानी, सरसफाई, फोहोरमैला व्यवस्थापन तथा हरियाली प्रर्वद्धन अन्र्तगत खानेपानी संस्थान र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वडा नम्बर ७ र ८ मा पाइपलाइन विस्तार गरी तिनकुनेको पानी प्रयोग गरेर अस्थायी खानेपानी वितरण गरेको जनाईएको छ ।
आधुनिक बधशाला सञ्चालनका लागि बधशाला क्षेत्रको वाउण्ड््री गर्ने, लोडिङ्ग अनलोडिङ्ग प्लेटर्फम निर्माण गर्ने तथा गेट र चेक पोष्ट निर्माण गर्ने काम सम्पन्न भएको ।
हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा एकिन गर्ने काम सम्पन्न गर्दै डिपिआर तयार पार्ने काम भईरहेको छ ।
शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भईरहेको छ । जितगढी किल्लामा विशाल राष्ट््िरय झण्डा फह“राउने तथा उजि“रसिहको पूर्ण कदको शालिक बनाउने कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडी बढाइएको छ ।
बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरातात्वीक बस्तीको रुपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्राहलय निर्माणका लागि डिपिआर तयार पार्ने काम अगाडी बढाईएको छ ।
हिलपार्कमा जनजाति संग्राहलय र मोतिपुरमा थारु संग्राहलय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडी बढाईएको छ । नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजि क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडी बढाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?