© २०२३
सल्यानमा खोलाले बगाउँदा दुई दिदीभाईको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ६ मलिबाङका दुर्गा केसीका २ वर्षिय छोरा मोहन केसी र ६ वर्षिया छोरी रेखा केसीलाई स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो । उनिहरूलाई शनिबार साँझ ७ बजेतिर खोलाले बगाएको थियो । खोलाले बगाउँदा हराएका बालक मोहनको घटनास्थल देखी करिब २ किमी तल शब फेला परेको हो । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखि ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिएपनि रेखाको शव भने आइतबार बिहान मात्रै फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए । उनीहरू तीज मनाउन मावली घर रुकुमको त्रिवेणी गएका थिए । र घर फर्कदै गर्दा खोलाले बगाएको स्थानीय रेमन्त देवकोटाले बताएका छन् । उनका अनुसार मृतककी आमा पुर्णिमा केसीले २ बर्षीय छोरालाई टाउकामा राखेर पिठ्यँुमा सामान बोकेको र ६ वर्षिया छोरीलाई हात समाएर खोला तर्दै गर्दा ढुंगामा चिप्लिएर दिदि भाइ बगेका थिए । आमा २८ वर्षीया पुर्णि पनि घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मृतकका बाबु भने बैदशिक रोजगारीको शिलशिलामा मेलेसियामा छन् ।