© २०२३
केन्द्रीय तथ्याङ्क बिभागले गत बैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक प्रतिवेदन सार्बजनिक गरेको छ । ७७ जिल्लामा ४ हजार ५ सय कर्मचारी परिचालन गरी बिभागले तथ्याङ्क संकलन गरेको थियो । नेपालमा यस प्रकारको गणना पहिलोपटक गरिएको हो । यो गणनामा नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरू समावेश गरिएका छन् । यस गणनाको तथ्याङ्कले अर्थतन्त्रको वास्तविक आकार आंकलन गर्न र आवश्यक नीति निर्माणमा महŒवपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरीएको छ । साथै, अर्थतन्त्रको सहि मूल्याङ्कन र विशलेषण गर्नका लागि चाहिने नयाँ आर्थिक परिसूचकहरूको विकास र पुरानाको परिमार्जनमा समेत यसले आधार तयार पार्ने विश्वास गरिएको छ । गणनामा दर्ता भएका व्यवसायिक प्रतिष्ठानलाई मात्र समावेश गरिएको छ । गणनामा सबै व्यवसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाइ (वस्तु तथा सेवा उत्पादन) को विवरण समावेश छन् । गणनामा अन्तरराष्ट्रिय स्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप समेटिएको छ । त्यस्तै, प्रत्यक्ष देखिने १८ क्रियाकलापअन्तर्गत व्यवसायदेखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्यास, बीमादेखि घरजग्गा कारोबारलगायत क्रियाकलापलाई समेत गणनामा समेटिएको छ ।
पहिलो पटक गरिएको आर्थिक गणनामा देशभर औपचारिक रूपमा ९ लाख २२ हजार ४ सय ४५ व्यवसायीक प्रतिष्ठानहरूमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्तिले प्रत्यक्ष रूपमा काम गरीरहेका छन् । त्यसमध्ये पुरुष २० लाख ४४ हजार ९ सय ८९ र महिला १३ लाख ६३ हजार ७ सय ५७ रहेका छन् ।
तथ्याङ्कमा एक प्रतिष्ठानमा सरदर दुई पुरुष र एक महिलाका दरले रोजगारी सृजना भएको उल्लेख छ । यसले आर्थिक उपार्जनको क्षेत्रमा महिलाको संलग्नता बढेको देखाएको छ ।
प्रदेशका हिसावले सबैभन्दा बढी प्रतिष्ठान र जनशक्ति ३ नम्वर प्रदेशमा रहेका छन । यो प्रदेशमा २ लाख ८२ हजार ५६ व्यवसायीक प्रतिष्ठान रहेका छन र ति प्रतिष्ठानमा ११ लाख ९० हजार ७ सय २१ जनशक्ति कार्यरत रहेका छन् । प्रदेश नम्वर १ मा १ लाख ६८ हजार ४ सय ३४ प्रतिष्ठानमा ५ लाख ८० हजार जनशक्ति कार्यरत रहेका छन । तेश्रोमा रहेको प्रदेश नम्वर ५ मा १ लाख ४७ हजार ८ सय ९२ प्रतिष्ठानमा ५ लाख २७ हजार ९ सय ६० जनशक्ति कार्यरत रहेका छन । १ लाख ६ सय ८८ प्रतिष्ठान रहेको गण्डकीमा ३ लाख ४१ हजार ८ सय १८ जनशक्ति, ६२ हजार ९ सय ६० प्रतिष्ठान रहेको प्रदेश नम्वर ६ मा २ लाख ११ हजार ५ सय ५५ जनशक्ति र सबैभन्दा न्युन ४२ हजार ८ सय १७ प्रतिष्ठान रहेको कर्णाली प्रदेशमा १ लाख ३२ हजार ४ सय २५ जनशक्ति कार्यरत रहेका छन ।
जिल्लागत रूपमा हेर्दा काठमाण्डौमा सबैभन्दा बढी १ लाख २३ हजार ९ सय ९४ प्रतिष्ठानमा ५ लाख ४७ हजार ३ जनशक्ति कार्यरत रहेका छन । व्यवसायीक प्रतिष्ठानमा झापा दोश्रो स्थानमा रहेपनि जनशक्तिका हिसावमा झापा भन्दा रूपन्देहीले अगाडी देखिएको छ । झापामा ३८ हजार ७ सय ४१ व्यवसायीक प्रतिष्ठानमा १ लाख २९ हजार १ सय ८० जनशक्ति कार्यरत छन भने ३८ हजार ४ सय १५ प्रतिष्ठान रहेको रूपन्देहीमा १ लाख ६३ हजार ४५ जनशक्ति कार्यरत रहेका छन ।
पछिल्ला वर्षमा उद्योग व्यवसायीक प्रतिष्ठान दर्तामा काठमाण्डौ पछी सबैभन्दा अगाडी रहेको रूपन्देही प्रदेश नम्वर ५ मा प्रतिष्ठान र जनशक्ति सबैमा पहिलो स्थानमा देखिएको छ । यो प्रदेशमा रुकुम पुर्व सबैभन्दा कमजोर देखिएको छ । रुकुम पुर्वमा १ हजार २० प्रतिष्ठानमा २ हजार ७ सय ५३ जनशक्ति मात्रै कार्यरत रहेका छन् ।
अन्य प्रदेश तथा क्षेत्रमा जस्तै प्रदेश नम्वर ५ मा पनि पहाडी जिल्लामा प्रतिष्ठान र जनशक्तिको संख्या कम छ भने तराईका जिल्लामा बढी छ । ५ नम्वर प्रदेशमा बाँकेमा १८ हजार ६ सय ९८ प्रतिष्ठानमा ६४ हजार २ सय २३ जनशक्ति, बर्दियामा १४ हजार ९ सय १६ प्रतिष्ठानमा ४० हजार ८ सय उनानब्बे जनशक्ति, दागंमा १४ हजार ४ सय १५ प्रतिष्ठानमा ५१ हजार २ सय ५, कपिलवस्तुमा १३ हजार ६ सय ७ प्रतिष्ठानमा ४१ हजार २ सय ४८ जनशक्ति र ११ हजार २ सय २६ प्रतिष्ठान रहेको पश्चिम नवलपरासीमा ४८ हजार ५ सय ४८ जनशक्ति कार्यरत रहेका छन् । त्यस्तै पहाडी जिल्ला गुल्मिमा ९ हजार ५ सय ४७ प्रतिष्ठानमा ३६ हजार १ सय ७३, पाल्पामा ८ हजार ७ सय १ प्रतिष्ठानमा २६ हजार ३ सय ८५, अर्घाखाँचीमा ६ हजार ६ सय १९ प्रतिष्ठानमा १५ हजार ३ सय २४, प्युठानमा ५ हजार ६ सय ३२ प्रतिष्ठानमा २२ हजार ३ सय ३६ र रोल्पामा ५ हजार ९६ प्रतिष्ठानमा १५ हजार ६ सय ५१ जनशक्ति कार्यरत रहेका छन् ।à