© २०२३
न्यू होराईजन स्पोर्टस् क्लव बुटवलको आयोजनामा संचालित खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधि क्यानन् बोर्डिङ स्कूल बुटवलकी तनु कुँवरले जितेकी छन् । १ सय ७३ जना मध्येबाट तीन चरणमा छनोट हुँदै फाइनलमा पुगेका १२ जनामध्ये तनु उत्कृष्ट हुंदै उपाधि जितेकी हुन् । प्रतियोगितामा न्यू होराइजन बोर्डिङ बुटवलकी अन्सु घिमिरे र एपेक्स स्कूल शंकरनगरकी सानिया भट्टराई द्वितीय भए भने समीरा भुसाल तृतीय र सर्वेस रुचाल सान्त्वना भए । प्रथम भएकी तनुले नगद ३० हजार र मुम्बईमा एक महिना निःशुल्क नृत्य सिक्न पाउने अवसर पाएकी छन् । दोस्रो हुनेले नगद २० हजार, तेस्रोले १० हजार र सान्त्वनाले ५ हजार नगद र मुनलाइफ डान्स सेन्टरमा एक महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् । प्रतियोगिताको समापन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले न्यू होराइजन स्कूल र यस अन्तर्गतका भगिनी संस्थाहरूले शैक्षिक गुणस्तर बृद्धिसँगै अन्य रचनात्मक कार्यक्रम पनि आयोजना गरेर विद्यार्थीको चौतर्फी विकासमा योगदान पुराएको भन्दै सराहना गरे ।
न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, मुख्य प्रायोजक नसीब गार्मेन्ट उद्योगका संचालक विष्णु भुसाल,कार्यक्रम संयोजक चन्द्र रास्कोटी लगायतले मन्तव्य राखेका थिए भने प्रकाश गौतमले कार्यक्रम संचालन गरेका थिए । नृत्य प्रतियोगिताको मुख्य निर्णायक चर्चित नृत्य निर्देशक बिजु पार्की रहेका थिए । à