ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

भूगोल नमिल्दा कामको सकस

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

बीस वर्षसम्म जनप्रतिनिधि विहीन हुदा विकास नभएको त हैन । तर, कर्मचारीतन्त्रमा भन्दा जनप्रतिनिधिको काम गराइप्रति सबैलाई चासो छ । बजेट विनियोजन र काम गराई नौलो भएन । पुरानै शैलीको निरन्तरता मात्रै भएको सर्वसाधारणको ठहर छ ।
गाउ“मा मोटरबाटो, बिजुली, सञ्चार, यातायात सुबिधा, पूर्वाधार विकास भैरहेका छन् । अब भनेको उत्पादनमुखी र सम्बृद्धिको लागि जनप्रतिनिधिले काम गर्नुपर्ने हो तर, त्यसको शुरुवात नै भएको देखिँदैन ।
सन्धिखर्कमा रहेका अठासी बर्षीय खिमानन्द पोखरेले जनप्रतिनिधिले काम गर्न विकासका पुरानै आधार रहेको बताए । स्थानीय तह पुनःसंरचना अनुसार मालारानी गाउ“पालिकामा विलय भएको खनदहमा उनी २२ वर्ष प्रधानपञ्च र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए । नेतृत्वमा रह“दा गाउ“मा स्कुल खोल्नुपर्छ र पढने वातावरण मिलाउनुपर्छ भनेर निरन्तर गाउ“को विकास र शैक्षिक अभियानमा उर्जाशील उमेर बिताएका पोखरेल २०४६ सालपछि पनि धेरै गाउ“लेको रोजाइमा पर्थे । द्वन्द्वको बेला गाउ“मा बस्ने वातवरण भएन । सन्धिखर्कमा बसेका उनी बेला–बेलामा आफुले गरेको विकास हेर्न र थप योजना पार्न दौडधुपमै छन् । ‘पहिले धेरै बजेट थिएन,’ उनले भने, ‘अहिले त सिंहदरबारको अधिकार गाउ“–गाउ“मा भनिएको छ । बजेट पनि धेरै छ । सडक निर्माणको शुरुवात, स्कुल स्थापना, खानेपानी लगायत विकास योजनाका काम भैरहेका छन् । जनप्रतिनिधिले पुरानै विकासका आधारमा धेरै काम गर्न सक्नछन् ।’ चुनावमा सम्बृद्धिका नारा लगाएका छन् । नया“ संरचनालाई कार्यान्यवन र सम्बृद्ध बनाउन चुनौती पनि रहेको उनको ठम्याई छ ।
नया“ संरचना अनुसार अर्घाखा“चीमा तीन नगर र तीन गापामा ६१ वडा बनाइएको छ । तीन नगर मध्ये सदरमुकामको सन्धिखर्क नगरकै भूगोल मिलेको छैन । नरपानीको बाहाखोला सदरमुकाम देखि करिब ४० किमी दक्षिणमा पर्छ । जहा“ अझै मोटरबाटो पुगेको छैन् । अर्घाको घोरलासी लगायतका दुर्गम बस्ती पनि छन् । शीतगंगा नगरपालिका त झनै जटिल भूगोल छ । भूगोलका हिसाबले देशकै ठूलो नगर हो । सदरमुकाम जोडने सन्धिखर्क–गोरुसिंगे सड्क मात्रै कालोपत्रे छ । सबैभन्दा छत्रदेव गाउ“पालिकाको भूगोल मिलेको छ । यसलाई नगरपालिका बनाउनुपर्ने हो । ‘स्थानीय तह पुनःसंरचना गरि“दा जिल्लाको भूगोललाई ख्याल गरिएन,’ कानून व्यवासायी जगन्नाथ भुसालले भने, ‘जनसंख्यालाई आधार बनाएर संख्या निर्धारण गर्दा मिल्दोजुल्दो भएन ।’
जिल्लाको दक्षिणखा“चीका सात गाविस मिलाएर शीतगंगा नगर बन्यो । यहा“ तीन गापा बनाउन सकिने धेरैको धारणा छ । भूगोल जटिल नै छ । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको सिद्धारा गाविसलाई तीन वटा वडा बनाइएको छ । जहा“ एउटै वडा घुम्न धेरै समय खर्चिनुपर्छ । ‘भूगोललाई हेरेर पुनःसंरचना गरेको भए, सर्वसाधारणलाई पनि सहज, जनप्रतिनिधिलाई विकासको काम गर्न कठिन नहुने हुन्थ्यो,’ भुसालले भने, ‘सदरमुकाम र दुर्गम गाउ“को विकास, पूर्वाधार र सुविधामा पनि धेरै भिन्नता छ । अन्य पा“च स्थानीय तहको केन्द्र र टाढाका दुर्गम बस्तीमा पनि सबै फरक छ ।’
भौगोलिक जटिलताले विकासका काम गर्न असजिलो भएको जनप्रतिनिधिको गुनासो छ । शीतगंगा नगर–९ का वडाध्यक्ष भीम केसीले स्रोत र संभावना धेरै भएपनि जटिल भूगोलकै कारण कसरी विकास गर्ने अलमल नै भएको उनले बताए । ‘एउटै वडा घुम्न १५ दिन लाग्छ,’ उनले भने, ‘वडा कार्यालय दुई ठाउ“मा राखेको छु । जंगलको बाटो छिचोल्दै घण्टौं पैदल हिँडेर कार्यालय आउनुपर्छ ।’ पहिला बाटो टोलसम्म पु¥याउनुपर्छ । बसाइसराई रोक्न पनि चुनौती छ । योजना अनुगमन गर्न पनि कठिनै रहेको उनले बताए । ७ का वडाध्यक्ष मोहन पंथीले कृषिमा उर्वरभूमि छ तर, भूगोल नै जटिल । त्यसैले पूर्वाधार विकास र आर्थिक सम्बृद्धिका काम गर्न धेरै दौडधुप गर्नुपर्ने उनले बताए ।
कपिलवस्तु र दाङस“ग सीमाना जोडिएकाले पर्यटकीय संभावना पनि उस्तै छ । छरिएर रहेको बस्ती, मोटरबाटो निर्माण भएपनि सवारी भरी यात्रु नपाउ“दा सार्वजनिक सवारी चल्दैनन् । ‘बस्ती एकीकृत ठाउ“मा भएको भए, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत विस्तार लगायत पूर्वाधार विकास गर्न सजिलो र बजेट थोरै लाग्थ्यो,’ शीतगंगा नगर–१० का वडाध्यक्ष हिम्मत पोखरेलले भने, ‘दुई वटा घर यता अर्काे दुईवटा घर धेरै टाढा छन् । विद्युत पु¥याउनै प¥र्याे खर्च धेरै लाग्छ ।’ अग्ला पहाड, जंगल चौगुना छ । पातलो बस्ती छरिएर रहेको छ । शीतगंगा नगर उपप्रमुख टीका रेश्मीले भौगोलिक जटिलताका कारण थोरै बजेटमा धेरै विकास गर्न चुनौती नै रहेको बताए ।
खोलानाला, जल, जमिन, जंगल, जडिबुटी प्रशस्त छन् । पशुपालन, तरकारी खेती र मसलाबालीमा उर्वर भूमि छ । बुटवल, कपिलवस्तु र दाङ नजिकै भएकाले उत्पादन तराई पठाउन समस्या छैन् । स्रोतलाई उचित परिचालन गरी उत्पादनमा आत्मनिर्भर सम्बृद्ध नगर बनाउन योजना बनाएरै लागि परेको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । ‘एकै दिनमा धेरै कार्यक्रम पर्छन्,’ उनले भने, ‘एउटा योजना हेर्न एक दिनमा भ्याइँदैन । अप्ठेरो भूगोलले काम गर्न चुनौती छ ।’
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?