ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

मदिरा व्यवसायीलाई विस्थापित गर्न खोजेको गुनासो

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

सरकारले मदिरा व्यवसायीहरूलाई विस्थापित गर्ने गरी अघि बढेको मदिरा व्यवसायीहरूले गुनासो गरेका छन् ।कूल राजस्वको २० प्रतिशत हिस्सा मदिराबाटै उठ्ने गरेपनि मदिरा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको व्यवसायीको गुनासो छ । मदिरा व्यवसायी संघ रूपन्देहीको दशौं साधारणसभाका अवसरमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपालले आफूहरू मदिरा व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न तयार रहेपनि सरकारले एकतर्फीरूपमा विस्थापित गर्न लागेको गुनासो गरे ।
मदिरा उद्योग र व्यवसायमा अर्बौं लगानी भएको,कूल राजस्वको २० प्रतिशत योगदान गरेको र ५० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको भएपनि राज्यले सम्मान भन्दा उपेक्षा गरेको गुनासो गरे । उनले मदिरा व्यवसायीलाई विस्थापित नभई व्यवस्थित र मर्यादित बनाउने गरी व्यवसायीमैत्री नीति बनाउनुपर्ने अध्यक्ष नेपालले सरकारसंग माग गरे ।
मदिरामा लगाइएको चर्को अन्तशुल्क करका कारण मुल्यबृद्धि भएपछि अवैध घरेलु मदिराको विक्रि वितरण बढेकोले अवैध मदिरा नियन्त्रण गर्न माग गरेका छन् । भाटभटेनी सुपर मार्केटले उत्पादकसंग सिधै खरिद गरेर कम मूल्यमा मदिरा विक्रि वितरण गर्दा राज्यले पाउनुपर्ने कर ठूलो मात्रामा गुमेको भएपनि यसतर्फ राज्यको ध्यान नगएको अध्यक्ष नेपालले बताए ।
साधारणसभामा महासंघका केन्द्रीय उपाध्यक्ष खिमबहादुर खत्रीले व्यवसाययिक हकहितसंगै सामाजिक क्षेत्रमा थप रचनात्मक काम गर्न सुझाव दिए ।
कार्यक्रममा मदिरा व्यवसायी महासंघका लुम्बिनी अञ्चल प्रतिनिधि यादवसिंह कार्की, बुटवल उद्योग वाणिज्य संघका महासचिव दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, संघका निवर्तमान अध्यक्ष सुलोचन ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलका अध्यक्ष समुन्द्र जीसी, उद्योग ब्यापार संगठन रूपन्देहीका महासचिव अनिल ज्ञवाली, होटल तथा रेष्टुरेन्ष्ट व्यवसायी संगठनका उपाध्यक्ष गुणाखर पाण्डे, संघका कानुनी सल्लाहकार तुल्सीराम ढकाल, घनश्याम पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
मदिरा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, महासचिव प्रितम गिरी, उपाध्यक्ष टिकाराम पन्थी लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%