© २०२३
प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले सहकारीमार्फत नै प्रदेश ५ को समृद्धि संभव भएको बताएका छन् । उनले जनताको आर्थिक स्तर माथि उकास्नको लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै जसमा प्रदेश सरकराले पनि मुख्य प्राथमिकता दिएको बताएका छन् ।
फेवा बचत तथा ऋण सहकारीसंस्था लि.बुटवल–६, रूपन्देहीको १० औं साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै सभामुख घर्तिले उक्त कुरा बताएका हुन् । उनले फेवा सहकारीलाई उत्कृष्ट सहकारीको रूपमा विकास गर्न आग्रह गरे । मुलुकमा राजनैतिक क्रान्ति सफल भएको दावी गर्दै उनले अब आर्थिक क्रान्ति गर्नुपर्ने आंैल्याए ।
कार्यक्रममा यातायात कार्यालय बुटवल शाखा अधिकृत माधव कोइराला, सहकारी बैंक बुटवल शाखा प्रमुख नरेश पाण्डे, फेवा साकोसका उपाध्यक्ष जीवलाल भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा सञ्चार मार्फत सहकारीलाई योगदान पु¥याएको भन्दैं पत्रकार टेकबहादुर मास्कीरानालाई नगदसहित सम्मान गरिएको छ । सभामुख घर्तिले मास्कीलाई नगद र सम्मान पत्रले सम्मान गरे । यस्तैं सहकारीले यसवर्ष कक्षा ९ मा अध्ययनरत एञ्जिला रानालाई (नगद पाँच हजार) छात्रवृत्ति प्रदान गरेको छ । साधारण सभामा सहकारीले जेष्ठ नागरिक, नियमित बचतकर्ता, नियमित निक्षेप असल ऋणी, हायर पर्चेज असल ऋणी, असल बचत समुह, सेयर सदस्य श्रीमान–श्रीमति, उद्यमशिल, उच्च शिक्षा हासिल, असल कर्मचारी लगायतलाई नगदसहित सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष प्रेम गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, लेखा संयोजक हेमबहादुर थापाको लेखा प्रतिवेदन र व्यवस्थापक लिला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले सहकारीको रिक्त पद सचिवमा मनोज राना, कोषाध्यक्षमा नितु थापा र सदस्यद्वयमा इन्द्र सारु र खेमराज भट्टराईलाई मनोनित गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष प्रेम गुरुङले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी बर्षको लागि सहकारीले गर्ने विभिन्न कार्यहरूको बारेमा प्रकाश पारेका थिए ।