© २०२३
नेपाली कथानक चलचित्र रामकहानी यतिबेला देशभर प्रदर्शन भैरहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर चलचित्र ‘रामकहानी’ निर्माण गरेका थिए । चलचित्रका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडी लगायतको टिम अहिले मोफसलमा दर्शकहरूको मन बुझ्न हिँडेको छ । बिहीवार बुटवलमा आएको चलचित्र टिमले चलचित्र पत्रकार संघ सँग साक्षत्कार कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नायिक पुजा शर्माले चलचित्रमा भएको लागानी उठ्न थालेको बताइन् । एक हप्तामा देशभरका हलहरूमा चलचित्र राम्रो फुल हासउका साथ प्रदर्शन भैरहेको भन्दै उनले दर्शकको मायाबाट आफू उत्साहित भएको बताईन् । यस्तै चलचित्रका नायक आकाश श्रेष्ठले पनि आफ्नो अभिनय दर्शकहरूले मन पराउनु आफैमा खुसीको कुरा भएको बताएका छन् ।
साक्षत्कार कार्यक्रममा कलाकार शोभित बस्नेत, चलचित्र पत्रकार संघ रूपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले सफलताको शुभकामना दिएका थिए । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
साक्षत्कार पश्चात चलचित्र टोलीले बुटवलको कालिका चलचित्र मन्दिरमा गएर दर्शकहरूसँग भेटघाट गरेको छ । चलचित्र चलिरहेकै बेला गएका चलचित्रका नायक पुजा शर्मा र नायिक आकास श्रेष्ठ लगायतका टोलीलाई दर्शकहरूले घेरेर हम्मे हम्मे परेका थिए । à