© २०२३
उनी गरिव विपन्न परिवारकी हुन् । त्यस माथी दुईटै आ“खा देख्दिनन् । तर उनको लगन र क्षमता भने गजब्बको छ । दृष्टिविहिन भएपनि उनी गायन र अध्ययनमा निक्कै रुचि गर्छिन् । त्यसैले उनी अहिले सबैले प्रशंसाको पात्र र प्रेरणाको स्रोत बन्न थालेकी छिन् । उनी हुन् बुद्धभूमि नगरपालिका ९ चम्मापुरकी १७ वर्षे चैनकुमारी चौधरी ।
आखा नदेख्ने भएपनि छोरी पढाई प्रति निक्कै रुचि गर्थी बाबु कैलासी थारुले भने तर गरिबीले पढाउन सक्दिैनन् की भन्ने लागेको थियो । तर दुखसुख गरेर भएपनि पढाउने अठोट गरे उनले भने । दृष्टिविहिनले पढने विद्यालय नजिक थिएन्, छोरी मान्छे पर कसरी पढन पठाउ मन मानेन् उनले भने । तर छोरीको लगन र उत्साह अघि म उनलाई पढाउन बाहिर पठाउन बाध्य भए । जिल्ला भित्रै पर्ने महेन्द्रकोटको भेलाईमा रहेको सिद्धार्थ स्मारक उच्चमाविमा छोरी कक्षा ९ मा पढछिन् । गाउन पनि राम्रो स्वर छ । गीत पनि आफै लेखेर गाउछिन् । स्वर र सृजना सबैले तारिफ गर्छन् ।
४ छोरा मुनिकी एक छोरी त्यो पनि आखा नदेख्ने भनेर पुरै परिवार तनाबमा थियो । के गर्ली ? कसो गर्ली ? भनेर उसको जीवनयापन कष्टकर हुने भयो भनेर दिनरात चिन्ता हुन्थ्यो । तर अहिले ऊ आफै हामीलाइ संझाउछे बाबु कैलासीले भने । ५ वर्ष अघि आमा हौली थारुनी क्षयरोग लागेर निधन भएपछि उ निक्कै चिन्तित थिई, कत्तिदिन सम्म खानपिना नै छोडी । सबै परिवारले ढाडस लिएर उस्को मनोबल उच्च ग¥यौं ।
दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका बाबुले छोरीलाई आवासिय रूपमा विद्यालयमा राखेर पढाउदै आएका छन् । छोरी चैनकुमारी अहिले कक्षा ९ मा पढछिन् । उनी ब्रेललिपिका माध्यमबाट पढछिन् । उनको पढाई राम्रो छ कक्षा शिक्षक रामचन्द्र भटराईले भने विद्यालयकी प्रतिभावान विद्यार्थी हुन् । अध्ययन, शिल स्वभाव प्रेरणामुलक छ उनले भने त्यसैले उनीलाई क्षमता बनाउछ । जे कुरा पनिमा सकारात्मक जिज्ञासा राख्छिन्,पछि त्यसलाई भावनाका माध्यमबाट व्यक्त गर्छिन् उनले भने ।
छोरीले विस्तारै राम्रो गर्दै गएकीछिन् बाबु परदेशीले भने एक छाक भोको पटे बसेर भएपनि छोरीको पढाई प्रतिको ईच्छा पुरा गर्छु । घर परिवार, शिक्षक र विद्यालयको राम्रो सहयोग पाएको छु उनले भनिन् स्नातकोत्तर सम्मै पढछु । जिल्लाको नाम राख्दै समाज सेवा गरेर गरिव विपन्न र देष्टिविहिनको सेवामा खटछु ।