ट्रेंडिंग:

>> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान

एमाले केन्द्रीय कमिटी : ०८४ को निर्वाचन केन्द्रबिन्दु, वार्षिक कार्ययोजना बनाइने

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

काठमाडौँ ।

नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ।पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

‘हामीले ८ वटा समूहमा बिभाजन गरेर, ती रिर्पोटहरुमाथि आधारित भएर आ–आफ्नो प्रदेशका के कस्ता कार्ययोजनाहरु हुन सक्छन ? वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेशागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौं,’ रिजालले भने, ‘त्यसमा उहाँहरूले घनिभूत ढंगले छलफल गरिरहनु भएको छ। साथै हाम्रो पार्टीको केन्द्रको तर्फबाट महासचिव कमरेड शंकर पोखरेलले आगामी कार्ययोजनाका सन्दर्भमा केही मोटामोटी मार्गदर्शनहरू प्रस्तुत गर्नु भएको छ।’

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेको छ। सोही सुझावको आधारमा भोली (शनिबार) बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए।

‘बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नु भएको छ। सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन,’ उपप्रमुख रिजालले भने, ‘केही प्रश्नहरु केन्द्रिय सदस्यहरूलाई सोध्नु भएको छ। ती प्रश्नहरुमा समेत आधारित भएर आ–आफ्नो प्रदेशका विशेषताका आधारमा पार्टीका योजना निर्माणका लागि प्रत्येक प्रदेशबाट सुझावहरु प्राप्त हुनेछन। र, ती सबै सुझावहरुलाई ध्यानमा राखेर ८ वटै टोलीका तर्फबाट सुझावहरु प्रस्तुत भएपछि ती सुझावहरुलाई ध्यानमा राखेर भोली बिहान हाम्रो पार्टीको स्थायी कमिटी बैठक बस्नेछ। त्यसमा प्राप्त सुझावहरुलाई समेत विश्लेषण गर्दै पार्टीको केन्द्रीय नेतृत्वले सोचेका योजनाहरूमा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ।’

कार्ययोजना प्रस्ताव भएपछि भोलि नै केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।

‘भोली बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि २०८० चैत्रसम्म नेकपा एमालेले देशभरी के, कस्ता कार्यक्रम गर्छ, प्रवास तथा जनसंगठनहरुमा समेत के कस्ता कार्यक्रमहरु गर्छ? हामीले त्यसको खाका तयार गर्नेछौं,’ रिजालले भने, ‘त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय, एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिंगो केन्द्रिय कमिटी परिचालित हुनेछ। र, नेकपा एमालेलाई जनताको रोजाईको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टी पंक्तिको परिचालनलाई हामीले विशेष जोड दिनेछौं। त्यसमा हाम्रो पार्टीको यो बैठक केन्द्रीत भएको छ।’

बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरु तथा प्रदेश कमिटीहरूले प्र्रस्तुत गरेको मिशन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो।

शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?