ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मदिरा व्यवसायी महासंघका अध्यक्षको गुनासो: गलत व्यक्तिका कारण पेशा नै धरापमा

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

बुटवल, १६ पुस ।

नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा ब्यवसायमा केही गलत ब्यक्तिका कारण समग्र पेशा धरापमा परेको गुनासो गरेका छन् । कारोबार अनुसार समयमा कर तिर्ने, कागजपत्र सही ढंगले राख्ने हो भने कुनै समस्या नआउने उनले दाबी गरे ।

मदिरा ब्यवसायी संघ, रुपन्देहीको १४ औ वार्षिक साधारण सभाको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष शेर्पाले सरकारप्रति औला ठड्याउने भन्दा पनि पेशालाई शुद्धीकरणतर्फ लाग्नुपर्ने सुझाव दिए । ‘म कुरो कम, काम धेरै गर्नेमा विश्वास गर्छु’– उनले भने । ब्यक्ति र विचार दुबै सही हुनुपर्नेमा जोड दिंदै उनले आफ्नो काम सही समयमा गरिए कुनै समस्या नहुने बताए ।

पेशामा ईमान्दार नहँुदा आफ्नो दैनिकी नै मुद्दा मामिला र कारोबार मिलाउने मात्र बनेको भन्दै पेशाको शुद्धीकरणमा सबैले जोड दिन शेर्पाले आग्रह गरे । सुविधासम्पन्न संस्थाको भवन निमार्णमा एक करोड रुपैयाँको लागत जुटाउन सफल भएको उनले बताए । रुकुम जिल्लामा मदिरा निषेध गरेको अवस्थामा मुद्दा लडेर सफलता प्राप्त गरेको भन्दै ब्यवसायमा आउने समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने उनले बताए । बुटवल र भैरहवा बीचमा भएको विवादको विषयलाई लिएर उनी समाधान गर्ने प्रतिवद्घता जनाए । ‘म सधै सही विषयको पक्षमा उभिने छु’– उनले भने ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत जग्गुलाल खनालले सरकारबाट लिईएको लक्ष्य प्राप्त नगरेको कारण अनुगमन अघि बढाउन बाध्य भएको बताए । राज्य आर्थिक कठिनाईमा रहेको र लक्ष्यभन्दा कम प्राप्ति भएको हँुदा सरकार बाध्य भएर कर कानुनको पालना गराउन लागेको उनको दाबी छ । ‘यो वर्ष बजार अनुगमन वर्षको रुपमा सरकारले मनाउन लागेको छ’– उनले भने । कार्यालयले मंसिरमा ६० प्रतिशत लक्ष्य हासिल गरेको र पुसमा केवल ९ प्रतिशत मात्र लक्ष्य हासिल गर्न सफल भएको तथ्यांक दिदै उनले सबैभन्दा बढी मदिरा उद्योगसंग करको सरोकार राखिने हँुदा पनि अनुगमनलाई कडाई गरिने बताए । मदिरा अवैध र अन्तशुल्कको स्टिकर अवैध जस्ता दुबै प्रकारको समस्याहरु देखिएको उनले बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्था स्थापनाको मूल उद्देश्य अनुसार अघि बढेको बताए । मदिरा ब्यवसायी देशभरिकै अब्बल संस्था भएको उनले दाबी गरे । देशब्यापी बिस्तार र संगठित गर्ने काम गरी एकतावद्घ गर्न सफल भएको उनले बताए ।

संस्थागत रुपमा अघि बढाउने कामहरु गरिरहेको भन्दै उनले ब्यवसायीहरु मिल्नुको विकल्प नरहेको बताए । अवैध मदिराको परिभाषा प्रति प्रहरी प्रशासनको दृष्टिकोण सही हुनुपर्ने उनले सुझाव दिए । उद्योगबाट उत्पादित मदिरामा ट्याग र शिल लगाएर ब्यवसायीकोमा पुग्दा गलत ढंगबाट गरिने गरेको उनले दुःखेसो गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठले हरेक वस्तुको आ–आफ्नो ठाउँमा महत्व रहेको बताए । मदिरा सेवनले नभई अत्यधिक मदिरा सेवनका कारण दुर्घटना हुने कुरा समाजमा सही ढंगको ब्याख्या र सचेतना जगाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंगानाले महत्वकांक्षी योजनाहरु अघि बढाएको बताए । ईच्छाशक्तिबाट योजना पूरा हुने उनले बताए । एकअर्काको अस्वस्थ प्रतिस्पर्धा र सरकारको नीतिका कारण मदिरा ब्यवसायीहरु आर्थिक समस्यामा आईपरेको उनले बताए । बैकको ब्याज र मजदुर पाल्न नसक्ने अवस्थामा आईपरेको अहिलेको अवस्थामा बाध्यकारी रुपमा अडिटका लागि फाईदा देखाउनुपरेको दुःखेसो गरे ।

कार्यक्रममा लुम्बिनी मदिरा ब्यवसायी संघका अध्यक्ष गिरिराज पौडेलले मदिरा ब्यवसायीहरुको हकहितसंगै समस्यामा हातेमालो गर्दै आएको बताए । प्रदेशका सबै जिल्लाहरुमा शाखा स्थापना गर्ने र क्रियाकलापहरु अघि बढाउने काम भैरहेको उनले बताए । नेपालमा प्रत्येक वर्ष मदिराको अन्तशुल्क बढाउँदा मूल्य बढी पर्ने समस्या सबैभन्दा मुख्य भएको उनले बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष खिम बहादुर खत्रीले ब्यवसायीहरुको क्षमता विकाससँगै संस्थागत विकास, धेरै सामाजिक कार्यमा योगदान दिएपनि समाजबाट हेर्ने दृष्टिकोण परिवर्तन नभएको गुनासो गरे । आफ्नै कारणले समस्या उत्पन्न भएको उनले दाबी गरे । देशमा आर्थिक तरलता र मन्दीको कारण समस्या सबै क्षेत्रमा रहेको उनले बताए । उधारो विक्रि वितरण रोक्न सके अहिलेको समस्या सुल्झने उनले बताए । शाखाको भवन निर्माण कार्यलाई अघि बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा संघका महासचिव किशोर पन्त, सल्लाहकार दिनेश कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले ब्यवसायिक हितसंगै सामाजिक कार्यमा संघको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा संस्थाका सदस्य हरि पाण्डे, राजु खत्री, देवदह नगर कमिटीलाई उत्कृष्ट कार्यसम्पादन बापत सम्मानपत्रबाट सम्मान गरिएको थियो । संघमा पाँचसय बढी सदस्यहरु आवद्घ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?