ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेपालगञ्ज, २३ मंसिर ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले प्रविधिमार्फत बढ्दै गएको लैङ्गिक हिंसाप्रति सबैजना संवेदनशील हुनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले, हिंसाको स्वरुप बदलिएकोले, अब हाम्रो चेतनाको स्वरुप पनि बदलिनुपर्ने बताए ।

उनले भने “पारिवारिक पीडा नै सामाजिक पीडा हो । हिंसा कुनै दिन–विशेषले रोकिन्न, चेतना जागेपछि मात्र रोकिन्छ ।” मन्त्री तिमिल्सेनाले शैक्षिक रुपान्तरण बिना हिंसा न्युनीकरण असम्भव हुने बताउँदै घर–परिवारबाटै हिंसा विरुद्धको अभियान थाल्न सबैलाई आग्रह गरे । उनले अगाडि थपे “प्रविधि आफैमा गलत होइन, तर यसलाई कुन नियतले प्रयोग गरिन्छ भन्ने नै निर्णायक हुन्छ । त्यसैले प्रविधिको सही प्रयोग सिकाउन हामी सबै जिम्मेवार छौँ ।” मन्त्री तिमिल्सेनाले अभिभावकलाई आफ्ना बालबालिकामा डिजिटल साक्षरताको महत्व बुझाउन विशेष जोड दिए । घरघरमा आजैदेखि डिजिटल शिक्षाको आधार बनाए हिंसाका धेरै सम्भावित दुर्घटना रोक्न सकिने उनको भनाइ थियो ।

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशकी वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले प्रविधिको तीव्र विकाससँगै लैङ्गिक हिंसाका स्वरुप फेरिंदै गएको बताइन् । उनका अनुसार, “प्रविधिको कारण हिंसामा आयामगत विविधता बढेको छ । त्यसैले नियन्त्रणका चुनौती पनि बढेका छन् ।” सुवेदीले लैङ्गिकताको मुद्दा १६ दिनमै सीमित नराखी वर्षभर निरन्तर उठान गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट र लुम्बिनी प्राविधिक विश्वविद्यालयका वरिष्ठ उप–प्राध्यापक प्रतिक चन्दले प्रविधिको दुरुपयोग, साइबर हिंसा तथा लैङ्गिक जोखिमबारे छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । सहभागीबीच लुम्बिनी प्रदेशमा बढ्दो लैङ्गिक हिंसा, त्यसका कारण, चुनौती र रोकथामका उपायबारे विस्तृत छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुशिला वादी र सञ्जु कुमारी चौधरी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति प्राध्यापक.डा. विनोद ढकाल, जिल्ला समन्वय समिती बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरिक्षक राजेन्द्र भट्ट, पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रक्रृषि चौलागाईंलगायतले लैङ्गिक हिंसा रोक्न ‘साझा दायित्व र निरन्तर प्रतिबद्धता’ आवश्यक रहेको बताएका थिए । अन्त्यमा मन्त्री तिमिल्सेना सहित उपस्थित सहभागीहरूले “लैङ्गिक हिंसा हुन नदिने” सामूहिक लिखित प्रतिबद्धता जनाएर अभियानलाई थप सशक्त बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?