ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

 काठमाडौं, २३ मंसिर ।

जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले करिब ३ महिनाको अनुसन्धानपछि अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनिविरुद्ध लागुऔषधको कसुरका साथै लिखत कीर्ते सम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार, उनको कोठाबाट गाँजा बरामद भएको छ, जसका कारण लागुऔषधको मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी, तेन्जिनको हातबाट प्राप्त नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र फर्जी भेटिएका कारण लिखत सम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको छ । अनुसन्धान अनुसार, तेन्जिनले गलत विवरण पेश गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको र त्यसै आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको आरोप छ ।

जसअनुसार उनलाई नागरिक कीर्ते, राहदानी कीर्ते र राष्ट्रिय परिचयपत्र कीर्ते कसुरमा मुद्दा दायर गरिएको छ ।

तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए, तर बाबु भनिएका व्यक्तिले पनि उनलाई नचिन्ने बताएकाले नागरिकता गलत विवरणमा आधारित रहेको प्रहरीले जनाएको छ ।

उनिविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ । बयान सकिएपछि बहस हुनेछ र त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेख/धरौटीमा रिहा गर्ने निर्णय हुनेछ ।

यसअघि पनि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो। सो बेला उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी माग गरिएको थियो । तर लागुऔषध र कीर्ते अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो ।

जेनजी आन्दोलनमा टीओबी समूहको सक्रियता र बाह्य हस्तक्षेपको अनुसन्धानले यो समूह साइनो फ्रि तिब्बतसँग सम्बन्धित नभएको निष्कर्ष दिएको छ । मुख्य सदस्य तेन्जिन दावा लामालाई २६ असोजमा पक्राउ गरिएको थियो । प्रहरीले भनेका अनुसार, यो समूहका अन्य सदस्य तिब्बती मूलका नभएका र टीओबी टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक फेला नपरेका छन् ।

समूहका अन्य सदस्यहरूले टीओबीलाई “द ओरिजिनल ब्रदर्स”को रूपमा लिने गरेको देखिएको छ। गत २३ र २४ भदौमा बुलेट बाइक चलाउँदै हिँडेको यो समूह बाइकर्स ग्रुपकै सदस्य रहेको प्रहरीको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?