ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी

अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीले  गर्दै आएका छन् । 
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भैरहवा, २४ मङ्सिर ।

स्वास्थ्य बिमा कार्यक्रम, जसको उद्देश्य नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु थियो, त्यही कार्यक्रम भैरहवास्थित भीम अस्पतालमा भने बिरामीका लागि सास्ती बनेको छ ।

सरकारले लाखौँ नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन ल्याएको यो सुविधा अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीहरूले गरेका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा प्रयोग गरी उपचार गराउन आउने बिरामीका लागि सबैभन्दा ठुलो समस्या हो, लामो लाइन र पालो कुर्नुपर्ने बाध्यता ।

घन्टौँ लाइनमा बस्नुपर्दा पालो आउनुअघि नै बिरामीहरू थकित हुने र अझ बढी अस्वस्थ महसुस गर्ने गरेका छन् । भैरहवाकी राम कुमारी विश्वकर्माले भनिन् “बिहानैदेखि लाइनमा बसेको, दिउँसोसम्म पालो आएको छैन । सामान्य उपचारका लागि पनि यति धेरै समय कुर्नुपर्छ भने यो सुविधा कसरी भयो ? बरु घरमै बसेको भए यति सास्ती त भोग्नु पर्दैनथ्यो ।”

स्वास्थ्य बिमाको महत्त्वपूर्ण पक्ष हो, तोकिएको औषधि निःशुल्क उपलब्ध हुनु । तर, भीम अस्पतालमा भने चिकित्सकले सिफारिस गरेका कतिपय अत्यावश्यक औषधिहरू बिमा कार्यक्रमअन्तर्गत उपलब्ध नहुने गरेको बिरामीको गुनासो छ ।

अस्पतालको फार्मेसीमा औषधि नभएको भन्दै बिरामीलाई बाहिरका महँगा फार्मेसीबाट खरिद गर्न लगाइन्छ । बिरामी कमला नेपालका अनुसार अलि महँगा औषधिहरू बाहिरबाट नै खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको छ । “ल्याबको लागि पनि पैसा, औषधिको लागि पनि पैसा तिर्नु परेपछि स्वास्थ्य बिमा गराएको के फाइदा ?” उनले प्रश्न गरिन “बिमा कार्ड देखाउँदा पनि काम लागेन ।

डाक्टरले लेखेको औषधि पाउन बाहिर गएर किन्नु प¥यो । बिमाले के नै सुविधा दियो त?” बिमा गरे पनि औषधिको ठुलो रकम आफैँले व्यहोर्नुपर्दा आर्थिक अवस्था कमजोर भएको उनको भनाई छ । बिमा सेवा लिनका लागि आवश्यक पर्ने कागजी प्रक्रिया र त्यसलाई पूरा गर्न लाग्ने समय पनि बिरामीका लागि अर्को ठुलो झन्झट बनेको छ ।

सामान्य सेवा लिनका लागि पनि धेरै काउन्टर चहार्नु पर्ने र हरेक चरणमा लामो समय बिताउनु पर्ने अवस्था रहेको छ । कतिपय बिरामीले सेवाग्राहीको भीड व्यवस्थापन गर्ने क्रममा कर्मचारीको बोलीचाली र व्यवहार रुखो हुने गरेको गुनासो पनि गरेका छन् ।

भीम अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ५३ हजार ४ सय ५१ जनाले स्वास्थ्य बिमा सेवा लिएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ५ हजार ५०३ जना, भदौमा करिब ५ हजार ५ सय, असोजमा ४ हजार ८८३ जना र कार्तिकमा ४ हजार २७६ जनाले स्वास्थ्य बिमा सेवा लिएका छन् ।

पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रूपैया तिरेर १ लाख सम्मको उपचार सुविधा पाउँछन् । तर मुटु रोग, क्यान्सरजस्ता जटिल र दीर्घ रोगको उपचारका लागि यो रकम अत्यन्तै अपुग हुन्छ । कतिपय अवस्थामा रोग पत्ता लगाउन गरिने परीक्षणमै रकम सकिन्छ । गरिब तथा कमजोर आर्थिक अवस्था भएका नागरिकले आफ्नै खल्तीबाट थप रकम जोड्न नसक्दा उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले अस्पतालको सेवा प्रति विपन्न मात्र नभई हुने खाने वर्गको विश्वास पनि बढ्दै गएको दाबी छ । यसको कारण अस्पतालमा चाप बढ्न गई व्यवस्थापनमा अलि असहज भएको शर्माको भनाइ छ । उनले भने “अस्पतालमा स्वास्थ्य बिमाको सेवा व्यवस्थापन गर्ने र बिरामीको चाप धान्ने पर्याप्त जनशक्ति छैन ।

सीमित जनशक्तिका कारण लाइन लामो हुने गरेको सत्य हो, यसलाई सुधार्ने प्रयास भइरहेको छ ।” औषधि अभाव हुनुमा प्रमुख कारण स्वास्थ्य बिमा बोर्डबाट अस्पताललाई समयमै भुक्तानी नआउनु रहेको शर्माको भनाई छ । “हामीले बिरामीलाई सेवा दिए पनि बोर्डबाट शोधभर्ना पाउन ढिलाइ हुँदा फार्मेसीका लागि आवश्यक औषधि खरिद गर्न आर्थिक समस्या आउँछ ।

यसले गर्दा कतिपय औषधि स्टक गर्न गाह्रो भएको छ ।” शर्माले भने “तर अब छिट्टै औषधी खरिदको लागि टेन्डर आव्हान गर्दैछौं, अनि यो गुनासो पनि सम्बोधन हुनेछ ।” गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने पवित्र उद्देश्यका साथ सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम भीम अस्पतालमा अहिले व्यवस्थापकीय कमजोरीको सिकार बनेको छ ।

लामो लाइन, औषधिको अभाव र झन्झटिलो प्रक्रियाले गर्दा बीमितहरूले सुविधाभन्दा सास्ती बढी भोगेको महसुस गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?