ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चन्द्रौटा, २४ मंसिर।

नेपाली कांग्रेस कपिलवस्तु–३ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर तीव्र असन्तोष चुलिएको छ। पूर्व सांसद अभिषेक प्रताप शाह नेतृत्वको समूहले क्षेत्रीय समितिद्वारा ‘एकल नाम’ सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमितिमा औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।

शाहको हस्ताक्षर रहेको पत्रमा प्रतिनिधिसभा सदस्यका लागि बिरेन्द्र कुमार कनौडियाको मात्र नाम एकल रूपमा केन्द्रमा पठाइनुले लोकतान्त्रिक प्रक्रिया कुण्ठित भएको आरोप लगाइएको छ। २०७४ मा निर्वाचित र २०७९ को निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा आफू योग्य उम्मेदवार भएको दाबी गर्दै शाहले आफ्नो नाम समेत समावेश गर्न अपिल गरेका छन्।

गत २२ गते बसेको क्षेत्रीय बैठकमा शाह र कनौडिया दुवैको नाम केन्द्रमा पठाउने प्राथमिक प्रस्ताव भए पनि अन्तिममा कनौडियाको मात्र नाम सिफारिस गर्ने निर्णय ‘जबरजस्ती पारित’ गरिएको स्रोत बताउँछ। स्रोतका अनुसार तल्लो तहका कार्यकर्ता र स्थानीय जनभावनालाई बेवास्ता गर्दै शाहको नाम कटौती गरेर कनौडियालाई प्राथमिकता दिने निर्णय लिइएको हो।

यस निर्णयपछि पार्टीको भित्री वृतमै असन्तोष उग्रिएको छ। प्रदेशसभा (क) का क्षेत्रीय सभापति गोविन्द बहादुर खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सो निर्णय कार्यकर्ताको भावना विपरीत भएको उल्लेख गर्दै शाहको नाम पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ।

सभापति खत्रीले भने— “पार्टी कसैको निजी सम्पत्ति होइन। कार्यकर्ताको भावना र संगठनात्मक विधिअनुसार निर्णय हुनु जरुरी छ। तर यहाँ एकलौटी रूपमा निर्णय गरिएकाले हामीले अभिषेक प्रताप शाहको नाम समेत सिफारिस गरेका छौँ।”

आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रको यो विवादले कपिलवस्तु–३ मा आन्तरिक शक्ति–सन्तुलन नयाँ मोड लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?