ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

नेपालगञ्ज, २४ मंसिर ।

साईनिङ्ग अस्पताल आईएनएफ बाँकेले एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी पहिचान गरेको छ । पश्चिम नेपालको एक मात्र कुष्ठ रोग रेफरल सेन्टरका रुपमा रहेको यस अस्पतालले आर्थिक वर्ष २०८१÷०८२ मा समुदाय स्तरमा छाला तथा कुष्ठ रोग पहिचान शिविर र अस्पतालमा गरिएको परीक्षणमार्फत नयाँ रोगीहरू पत्ता लगाएको हो ।

आईएनएफ बाँकेको सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको मंगलबार बसेको बैठकमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका प्रमुख मंगल चौधरीले सबैभन्दा धेरै बाँकेका ७१ जना नयाँ कुष्ठरोगी फेला परेको जानकारी दिए ।

त्यसपछि बर्दियाका ४२, भारतका ३०, सुर्खेतका ५, दैलेखका ३, जाजरकोटका ४, दाङका ५, सल्यान र प्युठानका २÷२, रुकुमका ३, र सुदूरपश्चिमका ६ गरी कुल १७४ जना नयाँ कुष्ठरोगी पहिचान भएको र उनीहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा उपचारका लागि रेफर गरिएको उनले बताए । अस्पतालमा उपचाररत कुष्ठरोगका विरामीहरूको समयमा अपाङ्गता पहिचान, रोकथाम र उपचारका लागि नियमित रूपमा नशाको कार्यक्षमता परीक्षण गरिँदै आएको छ ।

प्रमुख चौधरीका अनुसार अस्पतालले १,६६९ पटक नशाको कार्यक्षमता परीक्षण गरेको थियो । त्यस्तै ८१ जना बिरामीलाई भौतिक थेरापी, ३७ जनालाई स्वयं–हेरचाह तालिम, तथा १८८ जनालाई नरम खालको जुत्ता निशुल्क वितरण गरिएको उनले जानकारी दिए । कुष्ठरोगी बिरामीको सम्पर्कमा रहेका परिवार तथा छिमेकी ७६ जनाको घरमै गएर परीक्षण गर्दा २,४४२ जना लाभग्राही परीक्षणमा सहभागी भएका थिए ।

स्वास्थ्य सेवाबाट वञ्चित तथा दूरदराजका समुदायलाई लक्षित गर्दै बाँकेका १३ स्थानमा गरिएको छाला तथा कुष्ठ रोग परीक्षण शिविरबाट १६ जना नयाँ कुष्ठरोगी पत्ता लागेको अस्पतालले जनाएको छ । बाँके भारत–सिमा नजिक भएकाले बाँके र बर्दिया उच्च जोखिम क्षेत्र भएको उल्लेख गर्दै अस्पतालले स्थानीय एफएम रेडियोमार्फत नेपाली तथा विभिन्न समुदायको मातृभाषामा निरन्तर सचेतनामूलक सूचना प्रसारण गरिरहेको प्रमुख चौधरीले बताए ।

त्यसैगरी समुदायका धामी–झाँक्री, बरघर, आमा समूह, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतलाई पनि कुष्ठरोगबारे अभिमुखीकरण गरिँदै आएको छ । अस्पतालले कुष्ठरोगसम्बन्धी सबै उपचार सेवा— विरामी परीक्षण, प्रयोगशाला जाँच, औषधि, बेड भर्ना, खाना, सहयोगी सेवा— पूर्णरूपमा निशुल्क प्रदान गर्दै आएको छ । गरिब तथा विपन्न सेवाग्राहीलाई अस्पतालको गरिब सहायता कोषबाट अतिरिक्त उपचार सहजीकरण पनि गरिँदै आएको प्रमुख चौधरीले स्पष्ट पारे । उनका अनुसार, “एकल पक्षले मात्र चाहेर नेपालमा कुष्ठरोग निवारण सम्भव छैन ।”

नेपाल सरकारले गर्नुपर्ने धेरै दायित्व साइनिङ्ग अस्पतालले पूरा गरिरहेको र अब स्थानीय सरकारको हातेमालो अपरिहार्य भएको पनि बैठकमा जोर दिइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले आफ्ना ८ वटै वडामा पालिकाको बजेटबाट कुष्ठरोग परीक्षण शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइनिङ्ग अस्पतालले स्थानीय सरकारसँगको अपेक्षा स्पष्ट रूपमा राखे सहकार्य अझ सहज हुने सुझाव दिए । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले बाँकेलाई कुष्ठरोगमुक्त बनाउन सबै स्थानीय तहसँग समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?