ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काठमाडौँ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत बढाउन आफ्नो कुनै भूमिका नरहेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीले गरेका छन्। ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा भ्रष्टाचारको आरोपमा बयान दिन मंगलबार विशेष अदालतमा उपस्थित गराइएका अधिकारीले संलग्नता इन्कार गर्दै बयान दिएका हुन्।

उनले बयानका क्रममा चाइनिज कम्पनी सीएएमसीका प्रतिनिधिसँग छलफल बैठक गरेर सम्भाव्यता अध्ययन रिपोर्टलाई स्वीकार गरी लागत बढाउने कार्यमा मिलेमतो गरी भूमिका निर्वाह गरेको भने आरोप अस्वीकार गरेका छन्।

प्रतिवेदनको प्रस्तुतीकरणमा आमन्त्रित सदस्यको रुपमा उपस्थित भएको बयान अधिकारीले दिएका छन्। ‘विमानस्थलको लागत बढाउने निर्णय प्रक्रियामा टिप्पणी उठाउने तथा निर्णय गर्ने कार्यमा संलग्न छैन’, बयानमा उनले दाबी गरेका छन्।

परियोजनाको प्रारम्भिक लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा २०६९ जेठ १ गते शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो। तर यो लागतमा खरिद तथा सम्झौता हुन सकेको थिएन।

त्यसपछि नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको निर्णय, विभिन्न अध्ययन प्रतिवेदनहरू तथा मन्त्रीस्तरीय निर्णय तथा मन्त्रिपरिषद् समेतबाट विभिन्न मितिमा तहगत निर्णय भएको थियो।

२०७४ जेठ १७ गते ४८ महिनामा परियोजना सम्पन्न गर्नेगरी २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलरमा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङसँग सम्झौता भएको थियो। २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो।

तर विमानस्थल निर्माणको क्रममा विभिन्न तहमा काम गरेका चिनियाँ कम्पनीसहित ५६ प्रतिवादीविरुद्ध अभियोग दायर भएको हो।

२०७१ देखि २०७४ सम्म अधिकारी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए। २०७८ देखि प्राधिकरणको महानिर्देशकका रुपमा कार्यरत थिए।

आइतबार मुद्दा दायर भएपछि सोमबारदेखि नै उनको बकपत्र सुरु भएको थियो। मंगलबार उनीसँग ५ लाख धरौटी माग गर्ने आदेश भएको हो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अधिकारीले इन्कार गरी बयान दिएको भए पनि उनको पदीय हैसियत, अरोप दावी, परियोजनामा निजहरुको भूमिका र संलग्नता समेतलाई बिचार गर्दै ५ लाख धरौटी माग गर्ने आदेश गरिएको जनाएको छ।

तर अधिकारीले भने अदालतले माग गरेको ५ लाख धरौटी बुझाएनन्। धरौटी बुझाए पनि जेलमै बस्नु पर्ने भएपछि अधिकारीले इन्कार गरेका हुन्। उनीसँगै अख्तियारले पक्राउ गरेका क्यानकै पूर्व निर्देशक मुरारी भण्डारी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अधिकारीलाई भने आइतबार विशेष अदालतले नै अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अब उक्त आदेश माथिल्लो अदालतबाट बदर नभए वा फैसला भएर पनि कैद सजाय नतोकिए मात्रै अधिकारी रिहा हुनेछन्।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र पूर्व निर्देशक भण्डारीसहित  ५५ जना र एक चिनियाँ कम्पनी गरी ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारकै नियन्त्रणमा रहेका अधिकारी र भण्डारीलाई भने यो मुद्दाको सुरुमै उपस्थित गराइएको हो। यसअघि गत बुधबार नलिनचोक हलिपोर्टको मुद्दामा उनीहरुलाई पक्राउ गरेर अभियोग पत्रसाथ पेश गरिएको थियो।

आइतबार विशेष अदालतले अधिकारीलाई थुनामा पठाउने र भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो। भण्डारी ५ लाख धरौटी बुझाएर रिहा हुँदा अधिकारी भने त्यसैदिन डिल्लीबजार कारागार चलान भएका थिए।

अधिकारीसहित ६ जना प्रतिवादीविरुद्ध नलिनचोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?