ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चन्द्रौटा, २४ मङ्सिर । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको खेत–बारी, माटोको सुगन्ध अनि साधारण जीवन–यापनले भरिएको करहिया गाउँ ।

त्यही परिवेशमा जन्मिए–बढे अक्षय थारु । घरको एक्लो छोरा उनी आजकालका युवाहरूले ‘एनर्जी–फुल डान्सर’ भनेर चिनेका कलाकारको रूपमा परिचित भएका छन्, थारु । उनलाई मञ्चसम्म ल्याउने सुरुवात भने भिन्न छ । अक्षय सानो हुँदा बाख्रा चराउँदै जङ्गलतिर हिँड्ने एक साधारण परिश्रमी बाल्यकालदेखि सङ्घर्षशील छन् ।

उनी भन्छन् “बाख्रा हेर्न जङ्गल जाँदा, मन भने नाचमै हुन्थ्यो ।” यही चाहनाले उनलाई बिस्तारै–बिस्तारै मञ्चतिर तान्दै लग्यो ।

मनमा कला र नृत्यप्रति लगाव
सामान्य घर परिवारको अक्षय आर्थिक अवस्था कमजोर भएका कारण स्नातक तह अध्ययन गर्न सकेनन् ।

घरका ज्येष्ठ सदस्यहरू आफ्नो–आफ्नै जिम्मेवारीमा व्यस्त हुन्थे । यस्तोमा कलालाई प्राथमिकता दिने वातावरण कहाँ थियो र ? “विद्यालय सकिएपछि साथीहरू खेल्थे, म भने बाख्रा लिएर गोठालो हुन्थे”  उनले भने कहिलेकाहीँ त पढाइभन्दा बाख्राको जिम्मेवारी नै भारी लाग्थ्यो उनी सम्झिए ।

२०७२ सालतिरको एउटा दृश्य उनी कहिल्यै भुल्दैन  “बाख्रा जङ्गलमा छोडेर म चुपचाप चन्द्रौटा पुग्थेँ—कुनै मेला होला कि, कोही नाचिरहेको भेटिएला कि भनेर । त्यो मेरो ‘गुप्त यात्रा’ जस्तै थियो ।”

उनले कुनै औपचारिक नृत्य प्रशिक्षण लिएनन् । न त कुनै ठुलो कलाकारसँग भेट–घाट । तर, नाच्न मन थियो–गहिरोसँग । कसैले सिकाइदिएको बाटो थिएन, तर उनको मन भित्रै एउटा ‘ताल’ बस्थ्यो ।

युट्युबका भिडियोहरू उनका गुरु, गाउँका स्टेजहरू उनका कक्षा कक्ष “स्टेप नमिल्दा हाँस्नेहरू धेरै थिए, तर एक पटक ताली बज्यो भने सबै दुःख बिर्सिन्थेँ ” उनको अनुभव सुनाए । घर परिवारको सोच छोरालाई पढाउने रहे पनि उनी नृत्यको क्षेत्रमा अत्यधिक रुचि रहे कारण घरको अवस्थालाई ध्यानमा राख्दै आफ्नो रुचि र सोच अनुसार निरन्तरता दिँदै आएको थारु बताउँछन् ।

एकान्तमा सिकिएको कला

कलाकार बन्ने चाहना सजिलो थिएन । घरमा पैसाको अभाव, भविष्यको चिन्ता, कामको दबाब । एकातिर घरका लागि काम गर्ने दायित्व, अर्कोतिर नाच्ने रहर—यी दुईबिच अक्षय वर्षौँसम्म दोलनमा परिरहे । कहिलेकाहीँ दिनमा मजदुरी, राति अभ्यास ।

कहिले होटलमा सहयोगी, कहिले मेला–महोत्सवमा निःशुल्क प्रस्तुति । त्यो समय चर्को सङ्घर्षले भरिएको थियो । “कहिले–कहिले त थकानले खुट्टा उठ्दैनथ्यो, तर म त्यही थकानसँगै अभ्यास गर्थेँ । कलाकार बन्ने सपना रोकिँदैनथ्यो,” उनले भन्छन् ।

अक्षयले घरको कोठामै काठ मिलाएर बनाएको एउटा सानो ‘डान्स स्पेस’ थियो–उनको संसार । त्यहीँ उनी घण्टौँसम्म केही नचल्यासम्म नाच्थे । स्टेप अपुग लागे फेरि, ताल बिग्रिए फेरि–सम्झने कोही थिएन, तर सुधार्ने उनी आफैँ थिए ।

उनका लागि नृत्य केवल शरीरको चाल होइन—भावनाको मुक्ति थियो । दैनिक जीवनका दुःख, दबाब, चिन्ताबाट भागेर उनी नृत्यमै हराउँथे गर्दथे । स्टेज र आत्मविश्वास यत्तिमै रोकिँदैन । स्थानीय मेला–महोत्सव, सांस्कृतिक पर्व र निजी कार्यक्रम–यी सबै अक्षयका लागि घामको पहिलो किरण जस्तै थिए ।

बिस्तारै उनको प्रस्तुति मन पराउनेहरू बढ्दै गए । युवाहरूले उनलाई ‘नेपाली माइकल जैक्सन’ भनेर जिस्क्याउन थाले, साथीहरूले ‘अक्षय आएन भने स्टेज जम्दैन’ भन्ने वाक्य चलाउन थाले । यसरी उनी साधारण गाउँबाट निक्लेर प्रदेश–प्रदेशका कार्यक्रमसम्म पुगे ।

यसैबिच उनले धेरै सांस्कृतिक समूहसँग काम गरे, प्रशिक्षण दिए र आफू पनि निरन्तर सुधारिँदै गए । अक्षयका लागि सबैभन्दा ठुलो सफलताको क्षण–जब उनका बाबुआमा पहिलो पटक उनी स्टेजमा नाचिरहेको हेर्न आए ।

त्यो दिनको भावनालाई उनी आज पनि शब्दमा विवरण गर्न कठिन ठान्छन् । “पहिले ‘नाचेर के हुन्छ ?’ भन्नेहरू नै अहिले ‘हाम्रो छोरो कलाकार बनेछ’ भन्छन् ।
अहिले अक्षय थारु प्रदेश तथा केन्द्रका चर्चित कार्यक्रम, सांस्कृतिक महोत्सव र प्रतियोगिताहरूमा नियमित हुने कलाकार हुन् ।

सानो ठाउँका युवालाई प्रशिक्षक बनेर मार्गदर्शन गर्ने, नयाँ–नयाँ कोरियोग्राफी निर्माण गर्ने, अनि कला–संस्कृतिलाई प्रदेशमै होइन, राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य उनी बताउँछन् । उनी सानो हुँदा हात बजारमा चाउमिन समेत बेचेको अनुभव सुनाए । यति बेला थारु चन्द्रौटामा जेडिसी डान्स स्टुडियो समेत सञ्चालन गरेर सयौँ विद्यार्थी उत्पादन गर्ने गरेको बताए ।

२९ वर्षीय उनी एक दशक बढी यही क्षेत्रमा सङ्घर्ष गर्दै भन्छन्“सपना ठुलो छ, तर मन अझ ठुलो छ । सङ्घर्ष गर्न मलाई डर लाग्दैन ।” उनको ५ जनाको परिवार उनकै यही कला पेसाले नै धान्दै आएको उनको भनाइ छ । “खाने मुखलाई जुँगाले छेक्दैन” भन्ने उखान जस्तै उनी साबित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?