ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सल्यान, २४ मंसिर।

कहिले काळमा कक्षाभित्र भेटिने गुरु र चेला अहिले सल्यानको एउटै सरकारी कार्यालयमा कर्तव्य निर्वाह गरिरहेका छन् । नापी कार्यालय सल्यानमा देखिएको यो संयोग रोचक मात्र होइन, धेरैका लागि प्रेरणादायी पनि बनेको छ।

डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङको छैटौँ सेमेस्टरमा अध्यापन गर्ने शिक्षक सुरज विष्ट अहिले लोकसेवा परीक्षा उत्तीर्ण गरी नापी कार्यालय सल्यानका कार्यालय प्रमुख बनेका छन्। यिनै बिष्टका विद्यार्थी झकेन्द्र परियार हालै लोकसेवा आयोगबाट अमिन पदमा उत्तीर्ण भई सोही कार्यालयमा सेवा गर्न पुगेका हुन्। मेहनत, लगनशीलता र निरन्तरताले ल्याउने सफलताको उनीहरू प्रेरक उदाहरण बनेका छन्।

विद्यार्थी रहँदा स्पष्ट र समर्पित रूपमा पढाउने गुरु अहिले कार्यालय प्रमुख भएका देख्दा आफू अत्यन्त उत्साहित भएको अमिन परियार बताउँछन्। “गुरुले दिएका ज्ञान र प्रेरणाले नै मलाई यहाँसम्म पुर्‍यायो। अब गुरुकै नेतृत्वमा काम गर्ने मौका पाएको छु, अझै प्रतिबद्धतापूर्वक जिम्मेवारी पूरा गर्छु,” उनले भने।

नापी अधिकृत तथा कार्यालय प्रमुख सुरज बिष्ट पनि आफ्नै विद्यार्थी प्रशासनिक सेवामा प्रवेश गरि छेउमै काम गर्न थालेकोमा खुशी व्यक्त गर्छन्। उनले दाङको रझेना माध्यमिक विद्यालय, घोराही–१८ मा २०७९ सालतिर झकेन्द्रलगायतका विद्यार्थीलाई जियोम्याटिक्स इन्जिनियरिङ अध्यापन गरेका थिए।

दङ्गिशरण गाउँपालिका–४, दाङका बिष्ट २०७८ असोज ८ मा सर्वेक्षक र २०७९ भदौ २९ मा नापी अधिकृत पदमा सिफारिस भएका थिए। नापी कार्यालय बेलबारी, मोरङमा कार्यरत रहेका उनी २०८१ असोज ६ देखि सल्यानमा कार्यालय प्रमुखको रूपमा कार्यरत छन्।

यता, सल्यानको दार्मा गाउँपालिका–१ का झकेन्द्र परियार २०८१ माघ ९ मा लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयबाट अमिन पदमा सफल भएका थिए। हाल उनी काज सरुवामार्फत नापी कार्यालय सल्यानमा कार्यरत छन्।

गुरु–चेलाको यस रोचक पुनर्मिलनले सरकारी सेवामा समर्पण, परिश्रम र योग्यताको कदर हुने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?