ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

जोखिम फेरि बढ्यो, सतर्कता जरुरी

१० पुष २०७९, आइतबार
१० पुष २०७९, आइतबार

सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखापर्न सक्ने भन्दै सतर्कता अपनाउन सवै नागरिकसंग आग्रह गरेको छ । यद्यपि नेपालमा पछिल्लो भेरिएन्ट बि. एफ. ७ अहिलेसम्म देखापरेको भने छैन । सरकारले विश्वव्यापी रूपमा केही देशमा संक्रमणका नयाँ स्वरूपमा कोरोना जोखिम बढी रहेकाले सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय चीन, ब्राजिल, जापान र भारत लगायतका देशमा कोभिड–१९ संक्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपरिहार्य वनेको छ । सरकारले समेत पूर्व तयारी स्वरुप सम्पूर्ण प्रवेश बिन्दुका हेल्थडेस्कलाई तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिसकेकोले आम नागरिकले सावधानी अपनाउनु पर्ने देखिएको छ । सरकारले नागरिकलाई आग्रह गरेरमात्र पुग्दैन नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशहरूसँग समन्वय गर्ने काम गर्नुपनि अप जरुरी भैसकेको छ । गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष कोरोनाको नयाँ स्वरुप देखिदै गएको छ । अहिले छिमेकी मुलुक भारतमा बि.एफ. ७ पुष्टी भएको छ । यद्यपि अहिलेसम्म नेपाल भने जोगिएको छ । अव नेपाली नागरिकसंग मन्त्रालयले कोरोना संक्रमण फैलन नदिन मास्कको प्रयोग गर्न, भौतिकरूपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । सरकारको अनुरोधलाई सवै नागरिकले ऐक्यवद्धता प्रदर्शन गर्नु जरुरी छ । कोरोनाको पछिल्लो यो भेरिएन्टले केही देशमा महामारीको रुप लिएको छ । दैनिक सयौं संक्रमित थपिदै गएका छन । चीनमा दैनिक दशौं लाखको हाराहारीमा संक्रमित थपिदै गएका छन । चीनमा संक्रमण बढ्दै गएपनि आम नागरिकमा लापरबाही दिन प्रतिदिन बढिरहेको छ । अझैपनि मास्क लगाउने विषयमा आम नागरिक सचेत देखिदैनन् । भारतमा देखिएको पछिल्लो भेरिएन्टलाई कडा प्रकृतिको भेरिएन्ट भनिएको छ । यो डरलाग्दो अवस्था हो । यो भाइरस संक्रमणको विकास भारतबाटै भएको हो वा अरु कुनै देशबाट आएको हो भन्ने अनिश्चित छ तर यसका विषयमा चिकित्सकहरुले समेत अनुसन्धान गरिरहेकोले केही समयभित्रै निक्र्यौल हुनेछ । भारतमा बिएफ ७ पुष्टी भएकोले भारतसँग सीमा जोडिएका अधिकांश प्रवेशद्वारमा निगरानी बढाउनु जरुरी छ । पछिल्लोसमय देखिएको बिएफ ७ भाइरसले विशेषगरी ५ देखि १८ वर्षसम्मका बालबालिकालाई संक्रमण बढाएको छ । चीनमा त यो भाइरसले गंभीर अवस्था सिर्जना गरेको छ । तसर्थ चीनको नियती नेपालमा नदोहारियोस भन्नकै लागि नेपालमा सतर्कता आवश्यक छ । विएफ ७ कोरोना भेरिएन्ट नेपालमा आउन नदिन सरकारसंगै सवै नागरिकले स्वास्थ्य सतर्कता अपनाउनु जरुरी छ ।

नेपालमा अहिलेसम्म कोरोनाका कारण १२ हजार नेपालीको मृत्यु भैसकेको छ । तसर्थ कोरोना आउनेक्रम अझैपनि कायमै रहेकोले सवै नेपालीले स्वास्थ्य सावधानी अपनाउनु अपरिहार्य छ । खासगरी सरकार यो विषयप्रति गंभीर हुन जरुरी छ । सरकार गंभीर भएमात्रै नागरिक सचेत हुनेछन् । तसर्थ प्रारम्भिक अवस्थामा सावधानी अपनाउने हो भने पछिल्लो भेरिएन्ट नेपाल आउन नसक्ने अवस्था बन्न सक्छ । त्यसका लागि फेरीपनि मास्कको अनिवार्य प्रयोग, सावुन पानीले हात धुने, स्वास्थ्य मापदण्ड पालना गर्ने र जोखिमको अवस्था देखिए तत्काल अस्पताल जानेतर्फ ध्यान दिनु जरुरी छ । नेपालले पूर्व तयारी स्वरुप सावधानी अपनाउनै पर्दछ । अझैपनि गंभीर भएर सोचिएन भने नेपालले फेरीपनि मानवीय क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । विगतमा लापरवाही गर्दा मुलुकले ठूलो मानवीय क्षति भोगेको हो । तसर्थ यस विषयमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसंगै नेपाली नागरिक सचेत बन्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?